२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘माता कहिल्यै कुमाता हुन्नन्’

२०७७, ११ श्रावण आईतवार ०५:१९

साउन ११, चितवन। युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको छ । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

शनिबार यहाँ आयोजित कार्यक्रममा बोल्ने श्रष्टाले कथासङ्ग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु शसक्त रुपमा उजागर गरेको धारणा व्यक्त गर्नुभयो । कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथा रहेका छन् ।  ‘अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु’ भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको उहाँहरुले टिप्पणी गर्नुभएको थियो ।  उहाँहरुले पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी रहेको बताउनुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाइन्छ ।  

वरिष्ठ साहित्यकार तथा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउनुभयो । “कुमाता कथासङ्ग्रहभित्र रहेका कथाको भाषा नदीजस्तै सलल बगेका छन् ।  सरल शब्दमा गहन भाव व्यक्त छन् ।  नारी संवेदनशीलतालाई सुक्ष्म रुपमा केलाइएका छन् । ” उहाँले भन्नुभयो, “ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो कुमाता ।”  

महिला अधिकारकर्मी मीना खरेलले नारी संवेदना र पछिल्लो समय समाजमा देखिएका विकृति विसङ्गतिलाई कथासङग्रहले जीवन्त रुपमा चित्रण गरेको बताउनुभयो । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आञ्चलिकताले कथा मार्मिक र सुन्दर बनेका छन् भन्नुभयो ।  समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिनुभयो ।  प्राध्यापक शान्ति शर्मा,  कपिल अज्ञात र  साहित्यकार केदारनाथ खनाललगायतले कथाभित्र नाटकीय तत्व थप्नुपर्ने सुझाव दिनुभयो ।

रामेश्वर पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा कुमाताका  लेखक वसन्त पराजुलीले कुमाताभित्र  कथाका सिद्धान्त, मान्यता र दर्शनलाई नपच्छाइएकाले मौलिक बनेको धारणा राख्नुभयो । पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले कथासङग्रह कथामा समेटिएका विषयवस्तुले पाठकको मन छुन सफल भएको बताउनुभयो । 

पत्रकारिता, यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ । नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले । द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि कथाले चित्रण गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते