२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘माता कहिल्यै कुमाता हुन्नन्’

११ श्रावण २०७७, आईतवार ०५:१९

साउन ११, चितवन। युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको छ । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

शनिबार यहाँ आयोजित कार्यक्रममा बोल्ने श्रष्टाले कथासङ्ग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु शसक्त रुपमा उजागर गरेको धारणा व्यक्त गर्नुभयो । कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथा रहेका छन् ।  ‘अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु’ भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको उहाँहरुले टिप्पणी गर्नुभएको थियो ।  उहाँहरुले पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी रहेको बताउनुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाइन्छ ।  

वरिष्ठ साहित्यकार तथा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउनुभयो । “कुमाता कथासङ्ग्रहभित्र रहेका कथाको भाषा नदीजस्तै सलल बगेका छन् ।  सरल शब्दमा गहन भाव व्यक्त छन् ।  नारी संवेदनशीलतालाई सुक्ष्म रुपमा केलाइएका छन् । ” उहाँले भन्नुभयो, “ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो कुमाता ।”  

महिला अधिकारकर्मी मीना खरेलले नारी संवेदना र पछिल्लो समय समाजमा देखिएका विकृति विसङ्गतिलाई कथासङग्रहले जीवन्त रुपमा चित्रण गरेको बताउनुभयो । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आञ्चलिकताले कथा मार्मिक र सुन्दर बनेका छन् भन्नुभयो ।  समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिनुभयो ।  प्राध्यापक शान्ति शर्मा,  कपिल अज्ञात र  साहित्यकार केदारनाथ खनाललगायतले कथाभित्र नाटकीय तत्व थप्नुपर्ने सुझाव दिनुभयो ।

रामेश्वर पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा कुमाताका  लेखक वसन्त पराजुलीले कुमाताभित्र  कथाका सिद्धान्त, मान्यता र दर्शनलाई नपच्छाइएकाले मौलिक बनेको धारणा राख्नुभयो । पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले कथासङग्रह कथामा समेटिएका विषयवस्तुले पाठकको मन छुन सफल भएको बताउनुभयो । 

पत्रकारिता, यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ । नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले । द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि कथाले चित्रण गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान