१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

स्थानीय तहले तयार गर्यो पाठ्यक्रम

७ आश्विन २०७७, बुधबार ०७:४२

असोज ७, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “पाठ्यक्रममा पालिका भित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडिबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।” 

नगरपालिका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार हाल कक्षा एकको पाठ्यक्रम निर्माण सम्पन्न भईसकेको र यही शैक्षिक सत्रदेखि पालिका भित्रका ५० विद्यालयमा अध्यापन शुरु गरिने छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमूख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ । तयारी सम्पन्न कक्षा एक को पाठ्यक्रम निर्माण भईसकेको र उक्त पुस्तकमा विभिन्न शीर्षकका सातवटा विषयलाई समावेश गरिएको छ ।

यस वर्ष कक्षा २ र ६ को पाठ्यक्रम पुस्तक निर्माण गरी आगामी शैक्षिक सत्रदेखि शुरु गरिने नगरपालिकाले जनाएको छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ । स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने विश्वास गरिएको नगर प्रमुख पाण्डको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल