२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

टोल शिक्षा कार्यक्रम सञ्चालनः शिक्षकलाई पढाउन भ्याइनभ्याइ

१४ आश्विन २०७७, बुधबार ०७:१०

असोज १४, डोटी । कोरोना महामारीका कारण अध्ययनअध्यापन प्रभावित भएपछि डोटीका सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका छन् । 

इन्टरनेट असुविधाका कारण अनलाइन कक्षा चलाउन नसकेपछि यहाँका सामुदायिक विद्यालयलले टोल शिक्षा सञ्चालनमा ल्याएका  हुन् । टोल शिक्षा सञ्चालनमा आएपछि अहिले शिक्षकलाई पढाउन भ्याइनभ्याइ हुन थालेको छ । 

यहाँका विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयले शिक्षकको दैनिक रुटिन निकालेर कुन टोलमा कुन दिन कुन शिक्षकले पढाउने भन्ने विषयमा अग्रिम जानकारी दिन थालेको छ । सामुदायिक विद्यालयले निकालेको सूचना अर्थात् रुटिनका आधारमा शिक्षकले टोलटोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् ।

जिल्लाको केआइसिंह, पूर्वीचौकी, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, आदर्श, सायल गाउँपालिका तथा दिपायल सिलगढी र शिखर नगरपालिकामा रहेका सामुदायिक विद्यालयले यहाँका गाउँका टोलटोलमा पुगेर विद्यार्थी पढाउन टोल शिक्षा लागू गरी पढाउन थालेको केआइसिंह गाउँपालिका–५ छत्रेश्वरी माविका शिक्षक घनश्याम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण विद्यालयमा आइसोलेसन बनाइएका छन्, पढ्न नपाएर विद्यार्थीलाई समस्या भएपछि हामीले टोल शिक्षा लागू गरी पढाउन शुरु गरेका छौँ, यसले विद्यार्थीलाई पढ्न र सिक्न सहज भएको छ ।” उक्त विद्यालयमा मात्रै कम्तीमा पनि ५०० भन्दा बढीको सङ्ख्यामा विद्यार्थी छन् । 

टोल शिक्षा लागू गरेसँगै यहाँका सामुदायिक विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याका आधारमा पायक पर्ने ठाउँमा पढाउन थालेको बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै यहाँका सामुदायिक विद्यालयले आफ्ना स्थानीय तहका विभिन्न टोलमा टोल शिक्षा लागू गरी पढाउन थालेको महेन्द्र प्रस्तावित आधारभूत माविका शिक्षक प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्याको आधारमा प्रत्येक टोल तथा गाउँमा पढाउन थालिएको छ ।

यसरी सञ्चालन गरिएका टोल शिक्षा पढाइ केन्द्रमा शिक्षकले सामाजिक दूरी कायम गर्दै, उपलब्ध भएसम्म स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरी विद्यार्थीलाई पढाउन थालेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “टोल शिक्षा कार्यक्रमअन्तर्गत विशेषतः कोरोना सङ्क्रमणबाट कसरी बाँच्ने, सामाजिक ज्ञान, सीपसँगै केही औपचारिक शिक्षाका पाठ्यवस्तु पठनपाठन गराउने गरेका छौँ, विद्यार्थीले पनि लामो समयपछि पढ्ने मौका पाएका छन् ।” 

कोभिड–१९ सङ्क्रमणका कारण गएको चैतदेखि जिल्लामा सम्पूर्ण शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प भएको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अहिलेसम्म पनि क्वारेन्टिन निर्माण गरिएको छ भने क्वारेन्टिन खाली गरिएका विद्यालयमा स्वास्थ्य संस्थाले निर्मलीकरण नगरिदिँदा झन् समस्या भएको शिक्षकहरुको गुनासो छ । महामारीको यो अवस्थामा विद्यालयमा नै पठनपाठन सम्भव नभए पनि टोलटोलमा पुगेर पढाउँदा बालबालिकालाई सहज भएको भन्दै जिल्लाका शिक्षक तथा अभिभावक खुशी भएका छन् ।

त्यसैगरी जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ स्थित नवयुग सामुदायिक सिकाइ केन्द्रले पनि पछिल्लो समय विद्यार्थीका लागि टोल शिक्षा शुरु गरी पढाउन शुरु गरेको छ । सो सिकाइ केन्द्रले आफ्नो वडाका २१ टोलमा यो कार्यक्रम लागू गरी विद्यार्थी पढाउन शुरु गरिएको केन्द्रका अध्यक्ष दीपेन्द्र खड्काले जानकारी दिनुभयो । सिकाइ केन्द्रअन्तर्गतका प्रत्येक २१ वटै टोलमा टोल शिक्षा सञ्चालन भइरहेको ठाउँमा आफू पनि पुगेर सहजकर्ता परिचालन गराइएको सिकाइ केन्द्रका सामुदायिक परिचालक अमृता खड्काले बताउनुभयो ।

उक्त सिकाइ केन्द्रले सञ्चालन गरिरहेको टोल शिक्षा कार्यक्रमसँगै, स्थानीय रेडियो शिक्षा कार्यक्रम, टेलिभिजन कार्यक्रमलगायत वैकल्पिक शिक्षा पनि सञ्चालन गरिरहेको पाइएको छ । कोरोना महामारीको समयमा औपचारिक शिक्षा अवरोध भएता पनि विद्यार्थीको निरन्तर सिकाइका लागि यहाँका सामुदायिक तथा सामुदायिक सिकाइ केन्द्रले वैकल्पिक विधि प्रयोग गरी पढाउन थालेका हुन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला