१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

१८ चैत्र २०७७, बुधबार १०:३१

चैत १८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।

तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गरी तीनदिने तालीममा सहभागिता जनाउन आग्रह गरेको हो ।

प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका दुईजना कर्मचारी वा कम्प्युटर शिक्षक तालीममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार प्राधिकरणले तीनदिने तालीम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको सङ्ख्याअनुसार तालीमको समय र स्थान छनोट गरिनेछ ।  

प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनौटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबिसिआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई (ओम्नी) लाई ६ महिनाको समय दिएको थियो । २०७६ साल भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै रु तीन अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो । 

प्राधिकरणले तोकेअनुसार प्रत्येक विद्यालयको आइटी ल्याबमा करीब २४ वटा कम्प्युटर र दुई थान हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’