२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरका विद्यालय बन्द : परीक्षा नियमित

२०७८, ७ बैशाख मंगलवार ०८:२७

वैशाख ७, चितवन । सरकारले कोरोना भाइरसबाट प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आजदेखि भरतपुर महानगरपालिकाका सबै शैक्षिक संस्था बन्द भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै भरतपुर महानगरका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर र तालीम केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति नहुने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

विद्यालय बन्द गरी अनलाइन कक्षा भने नियमित सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । जिल्लाका अन्य पालिकाको हकमा भने यो निर्णय लागू हुने छैन । अर्को निर्णय नभएसम्मका लागि विद्यालय नियमित सञ्चालन हुने लामिछानेले बताउनुभयो । 

भरतपुर महानगरपालिकाभित्रका तीन विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । विद्यालय र क्याम्पसका पूर्वनिर्धारित परीक्षा भने आलोपालो र सिफ्टमा गरिएको लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प