२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय

२०७८, १९ भाद्र शनिबार ०५:२२

भदौ १९, चितवन (रासस)। भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्नुहुँदै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताउनुभयो । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अटिजम साँच्चै पीडादायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ ।” यो समस्या केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो ।  

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, महानगरका प्रवक्ता अरुणपीडित भण्डारी, नेपाल बाल सङ्गठनका अध्यक्ष रविकिरण पौडेल, अटिजम केयर सोसाइटी चितवनका प्रमिला न्यौपाने लगायतले बोल्नुभएको थियो । 

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्गता भएको भन्दै उमेर विकाससँगै अन्य सीपमा विकास हुन कठिनाइ भएर कुनै पनि क्रियाकलाप दोहोर्याउने कार्य यस्ता बालबालिकाले गर्ने बताउनुभयो । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रोसँग नबोल्ने जस्ता समस्या हुने गरेको उहाँले बताउनुभयो । 

विशेष शिक्षा प्रणालीबाट उनीहरुको पढाइ गर्ने भन्दै उहाँले नेपालमा नै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर विद्यालय सञ्चालनमा ल्याएको बताउनुभयो । महानगर क्षेत्रभित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती बालबालिकालाई दिउँसोको समयमा खाना, पढाइसँगै स्याहारसुसार गरिने छ । विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ