पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्या"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

२०७८, २६ पुष सोमबार ११:०३

पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । “हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणकोसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको  वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ”, जारी विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले  बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि  अभिभावकमा  अनुरोध गरेको छ । 

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ । 

मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी जेट आकारमा बसाईं व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ