२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

१८ माघ २०७८, मंगलवार ०६:२०

माघ १८, दाङ | दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले  कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार  जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य  कार्यमा रोक लगाएको जानकारी दिनुभयो । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ । 

यसैबीच तुलसीपुर उपमहानरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सो उपमहानगरपालिका क्षेत्रभित्रका  विभिन्न विद्यालयमा अध्ययनरत  नौ हजार ५२ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरेको छ ।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीका अनुसार १८ वटा वडामा रहेका विद्यालयमा  २१ वटा खोपकेन्द्रबाट छ हजार ७६३ छात्रा र चार हजार ३८९ जना छात्रगरी कूल नौ हजार ५२ जनालाई खोप प्रदान गरिएको हो । 

 १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका  विद्यार्थीलाई विद्यालयमै खोप दिइरहेको र सो खोप आज पनि जारी रहने  केसीले जानकारी दिनुभयो । कोरोना खोपसँगै विद्यालयका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम पनि जारी रहेको छ । 

सो चक्कीले रक्तअल्पताबाट जोगाउन मद्दत गर्दछ । हरेक किशोरीले हप्तामा एक चक्की वर्षमा १३ हप्तासम्म खानुपर्ने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला