२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन ढिला त्रिविको नतिजा प्रकाशनमा ?

२०७८, २६ माघ बुधबार ०९:०८

माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गरेको छैन।

त्रिभुवन विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु मर्कामा परेका छन्। त्रिवि नियमावली अनुसार कुनैपनि परीक्षा सकिएको तिन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान छ। तर त्रिविले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गरेको छैन। परीक्षाको नतिजा ढिलो आउँदा शैक्षिक क्यालेण्डर अन्यौल बनेको छ भने विद्यार्थीहरु माथिल्लो तहमा जान पाएका छैनन। स्नातक तह चौथो वर्षको परीक्षा दिएपनि नतिजा समयमा नआउँदा स्नातकोत्तर तहमा जान वञ्चित हुनुपर्ने बाध्यता छ।

‘परीक्षा दिएको ७ महिना वितिसक्यो नतिजा आउने कुनै संकेत छैन। के गर्नु ? ’ विद्यार्थीहरुको गुनासो छ ।

गत माघ ११ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अनुगमनमा पुगेका थिए। उनले अनुगमनमा समयमै परिक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका थिए। मानविकी संकाय, शिक्षा शास्त्र, विज्ञान शंकायको समयमा नतिजा नआएको पिडीत विद्यार्थीको गुनासो छ।

मन्त्री पौडेलले बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका थिए।  सो क्रमम परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको बताएका थिए।

विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरेका छन्। त्रिवि परीक्षा नियन्त्रक कार्यालयले भने जनशक्ती अभाव भन्दै टार्ने गरेको पाइएको छ। परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारीको दरबन्दी कायम छ। तर, १३७ जनाले काम गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिविले अंक चढाउन कम्प्युटर प्रणालीमा दक्ष जनशक्तीको अभाव हुँदा सकस भएको बताउँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै