हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल

साझासवाल
1 Min Read

चैत्र २७, चितवन | शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक/एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउनुभएको छ ।

भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक/एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताउनुभयो ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उहाँको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूला महाविद्यालय बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको बताउँदै उहाँले देश भरिका पालिकाको आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उहाँले बताउनुभयो ।

राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उहाँको तर्क छ ।  आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उहाँले दाबी गर्नुभयो । चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उहाँको भनाइ थियो ।

निजी स्कुलका शिक्षक भए पनि उनीहरूले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरूले पनि त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो ।

Share This Article
Leave a Comment

Leave a Reply