असोज ६, काठमाडौं । दशैंतिहारका लागि विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, काठमाडौं । दशैंतिहारका लागि विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुन"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीबाट नेपाल फर्किंदै हुनुहुन्छ ? भन्सार लाग्ने र नलाग्ने सामानबारे थाहा पाउनुहोस् !

२०७३, ६ आश्विन बिहीबार ०७:२४

असोज ६, काठमाडौं । विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुनुहुन्छ होला । सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गरेको छ । त्यसअनुसार मात्रै समान खरिद गर्नुहोला ।

विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ । विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामाग्री ल्याउँछन् । तर, पहिलेभन्दा अहिले विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएका छन् । त्यसबारे विदेशबाट फर्किनेहरुले जान्नैपर्छ, नत्र ल्याएका सामान जफत हुनसक्छ भने महंगो भन्सार पनि तिर्नुपर्ने हुनसक्छ ।

गत साउनमा सरकारले विदेशबाट केही वस्तुहरु ल्याउनै प्रतिवन्ध पनि लगाएको थियो । सरकारले नयाँ झिटीगुन्टा आदेशमार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ ।

काँचो सुन नबोक्नुस्

अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रय एयरपोर्टमा आउन पाइँदैन । सरकारले गहना बनिसकेका बाहेकको काँचो सुन नेपालमा ल्याउन प्रतिवन्ध लगाएको छ । अहिले सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म मात्रै ल्याउन पाइन्छ ।

पछिल्लो समयमा बैंकहरुले १०० ग्रामको ढिक्का सुन ल्याउन पाउने व्यवस्थाबारेको खबरले धेरैलाई अलमलमा पारेको छ । तर, त्यो बैंकका लागि मात्रै हो भन्ने बुझ्नुपर्छ । कुनैपनि व्यक्तिले काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन । तयारी गहना भने ५० ग्रामसम्म ल्याउन अनुमति हुनछ । यसमा कुनै भन्सार पनि लाग्दैन ।

के-केमा भन्सार लाग्दैन ?

दशैंमा विदशेबाट महंगार ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने पनि समस्या हुनेछ । अघिल्लो वर्षसम्म विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन पाइन्थ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था गरिएको छ ।

यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, विदेशमा कामका लागि नगाएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।

विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन् । तर, ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन पाइँदैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन । व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन्

समदर भन्सार के-केमा ?

केही सामग्रीमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् । चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।-अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना