१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट एक नेपालीलाई देश निकाला (आइएसलाइ सघाएको आरोप)

७ आश्विन २०७३, शुक्रबार ०१:५०

असोज ७, काठमाडौँ | अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियाले एक नेपाली नागरिकलाई देश निकाला गरेको छ।

होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो समाचार हामीले आजको कान्तिपुर दैनिकबाट लिइएका हौ।

डिपोर्ट गरिएको भनिएका ती नेपाली नागरिकको नाम खुलाइएको छैन। उनीसहित बंगलादेशी र मोरोक्कोका नागरिक पनि पक्राउ परेका त्यहाँको प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । यी मध्ये नेपाली र बंगलादेशीलाई डिपोर्ट गरिएको छ भने मोरोक्कनलाई भने हिरासतमै राखिएको छ ।

नाम नखुलाइएको ३८ वर्षीय नेपाली नागरिकलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी अनुसन्धान पश्चात सेप्टेम्बर २ मा देश निकाला गरिएको प्रहरी प्रमुख खालिदले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली तथा बंगलादेशी व्यक्तिले मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका थिए,’ प्रहरी प्रमुख खालिदलाई उद्धृत गर्दै ढाका ट्रिब्युनडटकमले जनाएको छ, ‘नेपालीले आतंकवादीहरुलाई सहयोग पुग्ने गरी नक्कली कागजपत्र बनाएको सुरक्षा निकायको अनुसन्धानमा खुलेको हो भने ३७ वर्षीय बंगलादेशी नागरिक हतियार ओसारपसारमा संलग्न देखिएको छ ।’

होटल व्यवसायमा संलग्न बंगलादेशी नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गर्दै सुरक्षाकर्मी ।

यस्तै २६ वर्षीय मोरोक्कन नागरिक भने फलाम वेल्डरको रुपमा मलेसियामा कार्यरत रहेको र उनको ‘देइस’ उग्रवादी समूहमा आवद्ध रहेको देखिएको बताइएको छ।

पक्राउ परेपछि डिपोर्ट गरिएका सबैजनाको आतंकवादी संगठन देइसका मोहम्मद वान्डी मोहम्मद जेदीसँग साँठगाँठ रहेको देखिएको समाचारमा उल्लेख छ ।

प्रहरी प्रमुखले जारी गरेको विज्ञप्तीका उनीहरुलाई त्यहाँको अध्यागमन कानुनको १९५९/६३ प्रावधान अनुसार पक्राउ गरी देश निकाला गरिएको र मोरोक्कन नागरिकलाई भने हिरासतमै राखिएको बताइएको छ । खालिदलाई उद्धृत गर्दै पक्राउ परेका नेपालीलाई २० दिन अगाडि नेपाल डिपोर्ट गरेको उल्लेख गरिए पनि नेपालको अध्यागमन र सुरक्षा अधिकारीले अनविज्ञता जनाए ।

‘आतंकवादसँग जोडेर कुनै नेपालीलाई मलेसियाबाट डिपोर्ट गरेको विषयमा जानकारी आएको छैन,’ प्रहरी प्रवक्ता माधव जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव