रामप्रसाद ढुंगेल/असोज ८, युएई ।वैदेशिक रोजगारीको क्रमा यु.ए.ई.मा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई आगामी दसैंको महा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रामप्रसाद ढुंगेल/असोज ८, युएई ।वैदेशिक रोजगारीको क्रमा यु.ए.ई.मा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई आगामी दसैंको महा"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा रहेका झापालीहरुले ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई लुगा तथा मिष्ठान्न भोजन प्रदान गर्ने

२०७३, ८ आश्विन शनिबार १२:४६


रामप्रसाद ढुंगेल/असोज ८, युएई ।वैदेशिक रोजगारीको क्रमा यु.ए.ई.मा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई आगामी दसैंको महाअष्ठमीको अवसरमा नयाँ लुगा तथा मिष्ठान्न भोजन प्रदान गर्ने भएका छन् ।  

एकता, सहयोग र सहकार्यको लागि युएईमा क्रियाशील झापाली समाज, यु.ए.ई.का सबै क्षेत्रीय समितिहरुको अग्रसरतामा यो कार्यक्रम हुन लागेको झापाली समाज, रास अल खेमा क्षेत्रीय कमिटीका अध्यक्ष खगेन्द्र बुढाथाकीले जानकारी दिएका छन् । 

जेष्ठ नागरिक मञ्च झापाका सदस्य गोपाल काफ्ले र झापाली समाज यु.ए.ई.का आजीवन सदस्य अग्नि दाहालले झापाका तीन वटा वृद्धाश्रममा गएर त्यहाँका वृद्धवृद्धाहरुको अवस्था यु.ए.ई.मा रहेको झापाली समाजका पदाधिकारीलाई अवगत गराएपछि यो कार्यक्रम गर्न लागिएको हो ।

परोपकार तथा अनुसन्धान केन्द्र विर्तामोडद्वारा सञ्चालित वृद्धाश्रममा रहेका १९ जना,  श्री कृष्ण प्रणामी सत्संघ सेवा परिषद्द्वारा कन्काई नगरपालिका–४ मा रहेको वृद्धाश्रममा रहेका १४ जना वृद्धवृद्धा र शिवसताक्षी–९ मा रहेको लक्ष्मीनारायण माई वृद्धाश्रममा रहेका ३७  जना वृद्धवृद्धाहरुलाई सम्बन्धित स्थानमै समाजका पदाधिकारीहरु पुगेर लत्ताकपडा तथा भोजन गराउने कार्यक्रम रहेको यस कार्यक्रममा परिकल्पनाकार तथा झापाली समाज यु.ए.ई. राक क्षेत्रीय कमिटीका सचिव सुनील चौहानले बताए ।

आफ्नो नियमित बिदालाई दसैंको सम्मुख पारेर उक्त कार्यक्रममा झापाली समाज, यु.ए.ई.का महासचिव टेकनाथ अधिकारी, कोषाध्यक्ष दुर्गेश सापकोटा, प्रवक्ता आरपी सहयात्री, राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकी, सचिव सुनील चौहान, अबुधाबी क्षेत्रीय अध्यक्ष हिमाल अधिकारी, दुबई क्षेत्रीय सदस्य उर्मिला बस्नेत लगायत करिब १ दर्जनभन्दा बढी पदाधिकारी उक्त कार्यक्रममा प्रत्यक्ष भाग लिन नेपाल आउने भएका छन् । यसभन्दा अघि उक्त कार्यक्रमको प्रारम्भिक स्थलगत रिपोर्ट तयार पारेर सारजहा क्षेत्रीय सदस्य अग्नि दाहाल युएई फिर्ता भइसकेका छन् । 

सामाजिक उत्तरदायित्वको भावनाले यो कार्यक्रम गर्न लागिएको झापाली समाज, अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष होमनाथ अधिकारी (हिमाल)ले बताए । उक्त कार्यक्रमलाई सफल बनाउन दुबईमा रहेका आफ्ना पदाधिकारीहरुलाई परिचालन गरिएको दुबई क्षेत्रीय कमिटीका उपाध्यक्ष टेकबहादुर अधिकारीले बताएका छन् । 

सहाराविहीन वृद्धवृद्धालाई एकसरो नयाँ लुगा दिने कार्यलाई सारजहामा रहेका झापालीहरुले तन, मन र धनले सहयोग गरेको सारजहा क्षेत्रीय कमिटीका अध्यक्ष रामकुमार राउतले बताएका छन् । त्यसरी नै अलऐन क्षेत्रबाट पनि त्यहाँका झापालीहरुले सहयोग गर्ने झापाली समाज, एलऐन क्षेत्रीय सल्लाहकार संयोजक किशोर केसीले जानकारी दिएका छन् । फुजेरा, उमअल क्वीम साथै अजमानमा रहेका झापालीहरु यस कार्यमा उत्साहपूर्वक सहभागी बन्ने जानकारी अजमानमा रहेका झापालीहरुको प्रतिनिधित्व गर्दै झापाली समाज यु.ए.ई.का केन्द्रीय सदस्य मित्रलाल पोखरेलले बताएका छन् । 

सहयोग गर्नेको ताँती युएईदेखि नेपालसम्मै

झापाली समाज यु.ए.ई.को यस मानवीय सहयोग अभियानलाई मन पराएर आर्थिक सहयोग गर्नेहरुको ताँती लागेको छ । समाजका सबै क्षेत्रीय समितिका पदाधिकारीहरुले व्यक्तिगत रुपमा करिब ७ सय ५० रुपैयाँका दरले आर्थिक सहयोग गरिरहेको झापाली समाज, दुबई क्षेत्रीय समितिका अध्यक्ष दिपक बस्नेतले बताएका छन् । 

झापाली समाजको दुबई क्षेत्रीय समितिका सचिव प्रेम अधिकारीले यस अभियानमा युएईबाटै ५ हजार १ रुपैयाँको आर्थिक सहयोग गर्ने बताएका छन् ।

झापाली समाज यु.ए.ई.का महासचिव टेकनाथ अधिकारी जानकारी गराए अनुसार  शिवसताक्षी–१ निवासी आफ्ना मातापिता विष्णुमाया र वासुदेव अधिकारीले उक्त अभियानका लागि ९ हजार ९ सय ९९ रुपैयाँ सहयोग गर्ने भएका छन् । 

समाजका केन्द्रीय सदस्य किशोर केसीका ज्यामिरगढी–३ निवासी मातापिता रेणुका र डम्बरबहादुर केसीले उक्त कार्यका लागि नेपालबाटै ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । 

त्यसरी नै नेपाल पत्रकार महासंघ यु.ए.ई. शाखाका कोषाध्यक्ष तथा झापाली समाजका आजीवन सदस्य मेघराज सापकोटाले बुधबारे–३, होक्से निवासी आफ्ना मातापिता पदमकुमारी र पे्रमप्रसाद सापकोटाको उपस्थितिमा ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । 

झापाली समाज अलऐन क्षेत्रीय सदस्य डिल्ली हुमागाईंले बुधबारे–७ निवासी आफ्ना मातापिता राधिका र गणेशप्रसाद हुमागाईंको सहभागितामा यस पुण्यकाममा ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको क्षेत्रीय संयोजक केसीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने