घटना १

दैलेखको बडाभैरब गाविस–१ खोरका पदमकुमार शाही मलेशियामा काम गर्दै थिए, माइतीमा बस्तै गरेकी उनकी श्रीमति साविता श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

घटना १

दैलेखको बडाभैरब गाविस–१ खोरका पदमकुमार शाही मलेशियामा काम गर्दै थिए, माइतीमा बस्तै गरेकी उनकी श्रीमति साविता श"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट घरमा आउँदा न पैंसा, न त पत्नी

९ आश्विन २०७३, आईतवार १२:०३

- अमर सुनार | 

घटना १

दैलेखको बडाभैरब गाविस–१ खोरका पदमकुमार शाही मलेशियामा काम गर्दै थिए, माइतीमा बस्तै गरेकी उनकी श्रीमति साविता शाही हलो जोत्ने कामीसंग विवाह गरी गइसकेपछि माइतीले त्यहाँबाट पनि जात मिल्ने केटो खोजेर अन्यत्रै विवाह गराई दिए ।

पदम घर फर्केपछि २०६७ चैततिर सल्लेरीकी लक्ष्मी चन्दसंग विवाह गरे । उनलाई विवाह गरी सकेपछि पनि पदम फेरि मलेशिया गएर राम्रै कमाईकाज गरेका थिए, लक्ष्मी र अहिले ४ वर्ष पुगी सकेकी छोरी समेत सुर्खेतमा डेरा गरी बस्तै आएकी छिन् ।

हालै विदेशबाट घर फर्केका पदमले यस अघि सुर्खेतमा किनेको घडेरी बिक्री गरी अजुलफजुल खर्च गरे, अहिले उनलाई सुर्खेतमै छोडेर बडाभैरब आमा बुबासंग छन् । लक्ष्मीको भनाई छ ‘पहिले सासु ससुराले घरधन्दामा सधैं असन्तोष जनाएपछि छोरी पढाउन सुर्खेत आएँ, माइत छँदाको पेवा पनि घर खर्च गरें । अहिले न श्रीमान् न त सम्पति, विलहरी विपत्ति मात्रै छ ।’

घटना २ –

बडाभैरबसंगै सिमाना जोडिएको कट्टी गाविस–६ जंगबहादुर चन्द कतारमा २ वर्ष बसेर गएको जेठमा घर फर्किए, उनी आउने समय भन्दा करिव डेढ महिना अघि उनकी श्रीमति नन्दकुमारी शाही अर्कै कुनै परपुरुषसंग भागेर अहिले दिल्ली पुगेकी छन् । उमेरले २५ वर्षकी नन्दाले ४ छोरी र २ छोरा घरमै छोडेर भागेकी हुन् । घरमा भएका ७६ वर्षका बुढा ससुराले राति फोनमा लामो कुरा गरेको त सुन्थे तर घरमा कोही आएको कहिल्यै देखेनन्, जंगबहादुरले गाउँमै विवाह भएकी नाताले भाउजु पर्ने दिदी सासु मनसरा शाहीलाई सोधी खोजी गर्दा समेत कसले लिएको छ भन्ने बताइएकी छैनन् ।

बच्चाहरुबाट थाहा पाए अनुसार उनै मनसराको जिम्मा छोडेका करिब अढाई तोला सुनका गहना लिइसकेका छन् । पोइल जान्छु भनी गएकोले गहना राखी दिएको भने पनि मनसराले लिने व्यक्ति को हो ? कुन ठाउँका हो ? यो कुरा भनेकी छैनन् । जंगबहादुरले प्रहरीमा उजूरी दिएपछि दिल्ली पुगेकी भनिएकी नन्दा र उनलाई विवाह गरेको भनिएको केटा समेतलाई लिन मनसराले आफ्नो श्रीमान्लाई पठाइन् तर उनी पनि उतै रोकिएका छन् ।

जंगबहादुरलाई ऋण केही थिएन, जाँदा लागेको डेढ लाख घरमा आफैसंग भएको रकम खर्च गरेका थिए । उनले कमाई राम्रै भयो भने सुर्खेततिर घरजग्गा किन्ने सोचेका थिए । उनले भलोमन राखेर २–४ महिनाको अन्तरमा श्रीमती नन्दकै नाममा रहेको बैंक खातामा रकम नियमित पठाई राख्थे, सबै हिसाव गोड्दा ७ लाख ७५ हजार रुपैंयाँ पठाइसकेका रहेछन् । नन्दाले भागेर जाँदा नागरिकता, बैंकको चेक देखि केही कागज प्रमाण छोडेकी छैनन् । बैंक खातामा पनि रकम छैन, गाउँमा व्याजे लगाएको उठाएर लिइछन् तर रासन, कपडा समेतको झण्डै १ लाख जतिको ऋण बाँकी राखेकी छन् ।

भण्डै ५० डिग्रीको चर्को गर्मीमा सडकमै काम गर्दा पसिनाले शरीर लुछुप्पै हुन्थ्यो, संगैका २ जना साथी राति सुत्दा निस्सासिएर मरे । जंगबहादुरले देउतालाई बोको कबुलेका थिए, देउतैले बचाएका भन्ने उनमा दरो विश्वास छ । तर श्रीमती मन नबहकियोस् भनेर उनले देउता संझन पाएनन् परिणाम घरमा आउँदा न पैंसा न त पत्नी ! यो कुरा जति पटक संझियो जंगबहादुर त्यति पटक रुन्छन्, रोईरहन्छन् ।

घटना ३ –

दैलेखको सल्लेरी गाविस वडा नं. ५ निवासी २३ वर्षीय मनबहादुर शाही ४ वर्ष पहिले बैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनको साथमा काम गर्ने कालिकोट मेहलमुडीका ४५ वर्षीय सेरबहादुर बमसंग घरतिरको खवर गरिरहने उनकी २० वर्षीया छोरी निर्मलाकुमारी बमको मोवाइल नम्वर बुबालाई थाहै नदिई लिएर कुराकानी गर्दै गरे अनि गएको असोजमा आफू काठमाण्डौं आउँदा त्यहीं बोलाए । घरमा २ छोरा र २ छोरी भएकी श्रीमति छँदाछँदै निर्मलालाई मनबहादुरले विवाह गरेर घर भित्र्याए ।

मनबहादुर र निर्मला समेतलाई विपक्षी बनाई उनकी जेठी श्रीमति बिष्णा शाहीले बहुविवाहको जाहेरी दिएपछि मनबहादुर कारागारमा परेका छन् । घरमा अर्की श्रीमति छन् भन्ने थाहै नपाई विवाह गरेकी निर्मलालाई सफाई र दोश्रो विवाह गर्ने मनबहादुरलाई गएको २ वर्ष कैद र १० हजार रुपैंयाँ जरिवाना गर्ने दैलेख जिल्ला अदालतले फागुन २० गतेको फैसला अनुसार दैलेख कारागारमा परेका हुन् ।

यी प्रतिनिधि पात्र हुन् दैलेखमा दैनिक वटा बन्ने राहदानी मध्ये ९६ प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुले सपना बोकेका हुन्छन् – राम्रो लाउने, मीठो खाने । तर सोचे जस्तो भई दिएन वा ठीक ढंगले काम भएन भने कमाउने त के पहिले भएको पनि गुम्ने खतरा हुन्छ भन्ने प्रष्ट भएको छ ।

दुःख कष्टका साथ विदेशमा कमाएको रकम उचित सदुपयोग नगर्दा कतिपय अवस्थामा श्रम खेर गएको एउटा अवस्था, श्रीमान्–श्रीमतीको आपसी विश्वासमा समस्या र सामाजिक अनुशासन कायम गर्न नसक्नु प्रमुख समस्या रहेको महिला विकास निरीक्षक सुकमाया बिकको टिप्पणी छ ।

घरधन्दा धानेका महिलाको मेहनत र पौरखलाई श्रममा गणना गर्न नसेकोले पनि महिलालाई खिन्नता बोध गरेकाले पनि कमाउन गएका श्रीमान्ले कमाएको सम्पति समेत उठाएर जाने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक भुवनेश्वर साहको बिश्लेषण छ । सामुहिक पारिवार र दम्पतिको आपसी विश्वास सहकार्यको अभावमा विचलन आउन थालेको उनको अनुभव सुनाए ।

नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष यामराज थापाको भनाईमा चाहिं रगत र पसिनाको कमाई सदुपयोग गर्न उपार्जनका काममा लगानी गर्ने र टाढा रहँदा श्रीमान्–श्रीमती दुबैको आपसी विश्वास बढाउने सामाजिक सचेतना जरुरी रहेको छ । सचेतनाको अभावमा बहुविवाह र सम्वन्ध विच्छेदका संख्या बढेको उनको टिप्पणी छ ।

जुन रहर र सपना बोकेर बैदेशिक रोजगारमा जान्छन्, पुरुषहरु उतै रमाउने र फजुल खर्च गर्ने परिवारलाई घरमा सास्ती हुने कतिपय समस्या छन् भने घरमा भएका परिवारका सदस्यहरुले बैदेशिक रोजगारीबाट आर्जनलाई अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानी व्यवहारले पारिवारिक समस्या पैदा भएको छ । अझ श्रीमतीले खर्च गरेको भए त्यसलाई सधैं आलोचना गरिरहने प्रचलनले असमझदारी बढ्दै गई बहकाउमा कतिपय बेला पोइल जाने गरेका छन् ।

कमजोरी महिला वा पुरुष जसका होलान् ससाना असझदारीले परिवारमा विद्रोह गर्ने र अधिकारका लागि घरजमै त्याग्ने केही थोरै घटनाले सबैजसोमा शंका पैदा गराएको छ, एक भएर बसेको परिवार आमा वा बुवा एकको लामो समय अनुपस्थिति वा अभावमा बालबालिका कुलत र दुव्र्यसनीमा लाग्ने गरेको पनि धेरै पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै