१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अफगानिस्तानमा नेपाली कामदारलाई ‘बुलेट प्रुफ गाडी’ !

११ आश्विन २०७३, मंगलवार ०५:५४

साउन ११, काठमाडौं | द्वन्द्ग्रग्रस्त अफगानिस्तानमा नेपाली कामदारलाई बुलेट प्रुफ गाडीको ब्यबस्था भए अफगानिस्तानमा रोजगारी खूला गर्ने तयारी सरकारले गरेको खुलाशा भएको छ । 

श्रम तथा रोजगारमन्त्री गुरुङ्गले द्वन्द्वग्रस्त अफगानिस्तानमा सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा सुरक्षा गार्डको रोजगारी खुल्ला गर्ने तयारी भइरहेको बताएका हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रम मन्त्री शुर्यमान गुरुङ्गले अफगानिस्तानमा नेपाली सुरक्षा गार्ड पठाउने विषयमा चौतर्फी दबाब आएकोले मन्त्रिपरिषद्को आगामी बैठकबाट सुरक्षा गार्ड पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको बताए ।

यसबारेमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीच पटक–पटक छलफल समेत भएको मन्त्री गुरुङ्गले जानकारी दिएका छन् ।

मन्त्री गुरुङ्गले नेपालस्थित अमेरीकी र बेलायती राजदूतहरुले पटक–पटक भेटेर अफगानिस्तानमा नेपाली सुरक्षागार्ड पठाउने व्यवस्था गर्न प्रधानमन्त्री र आफू दुबैजनालाई दबाब दिएको दोहोर्याए । मन्त्री गुरुङ्गले भने – ‘उहाँहरुले मलाई र हाम्रो प्रधानमन्त्रीसँग भेटेर प्रतिबन्ध फुकुवा नगर्ने हो भने अफगानिस्तानमा रहेका अन्य नेपाली सुरक्षा गार्डहरुलाई पनि नेपाल फिर्ता पठाइदिने दबाब दिनु भएको छ, त्यसैले यो विषयलाई सरकारले उच्च प्राथमिताका साथ लिएको छ ।’ नेपालले सुरक्षा गार्डहरुको सुरक्षाका लागि जोखिमपूर्ण मानिने रेड जोनबाट सुरक्षित मानिने ग्रिनजोनसम्म पुर्याउनको लागि बुलेटप्रुफ सवारी साधनको व्यवस्था गर्ने र बिमा रकम बढाउनु पर्ने विषयमा प्रतिबद्धता खोजेको मन्त्री गुरुङ्गको भनाइ थियो । यस विषयमा अमेरिकी र बेलायती पक्ष लचिलो रहेको जानकारी दिए ।

ईराक र अफगानिस्तानका ग्रीन जोन भनिने कुटनीतिक नियोग र सेनाको व्यारेकमा उनीहरुका सहयोगीका रुपमा नेपाली सुरक्षा गार्डले काम गर्दै आएका थिए । अफागानिस्तानमा काम गर्ने नेपालीहरुले मासिक एक हजार डलरको हाराहारीमा तवल पाउने भएकाले त्यसमा नेपालीको आकर्षण रहेको छ ।

गत असार १० गते अफगानिस्तानमा आतंकवादी आक्रमणमाा परी १२ नेपाली सुरक्षा गार्डको ज्यान गएपछि बसेको मन्त्रीपरिषद् बैठकले अफगानिस्तानमा सुरक्षा गार्डको रोजगारीमा जान श्रम स्वीकृति दिन प्रतिवन्ध लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का