असोज ११, काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर र्फकने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।

रोजगारीका लागि विदेश गएका कामदार, उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर र्फकने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।

रोजगारीका लागि विदेश गएका कामदार, उ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

११ आश्विन २०७३, मंगलवार ०७:३४

असोज ११, काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर र्फकने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।

रोजगारीका लागि विदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने चलन पनि बढ्दो छ । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्नेगर्छन् ।

परिवारका सदस्य र साथीभाइको आग्रह मान्ने हो भने नेपाल र्फकदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल लिएर आउनुपर्छ । कतिपयले भने व्यापार गर्ने लक्ष्यसमेत राखेर मोबाइल ल्याउँछन् ।

तर, उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् ।

झिटीगुन्डा सम्बन्धि ऐन नियमले भने विदेशबाट नेपाल र्फकनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार विभागका प्रमुख योगेन्द कुमार गौचनले जानकारी दिए ।

त्यस बाहेकको हकमा भने विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्ने उनले बताए । ‘विदेशबाट नेपाल र्फकने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ’, गौचनले भने, ‘तर अशोभाविक रुपमा व्यापार गर्नकै लागि मोबाइल ल्याउनहरुको मोबाइल भने जफत गर्दै कारबाही हुन्छ ।’ -अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल