असोज १५, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको भिसा शुल्कमा भारी वृद्धि, विदामा आउने नेपाली कामदार पनि प्रभावित हुने पक्का

१५ आश्विन २०७३, शनिबार १२:५७

असोज १५, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।

नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसाका लागि अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ । एकवर्षका लागि ५ हजार रियाल र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।

साउदी सरकारले एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क पनि तोकेको छ । यसबाट नेपालीहरु पनि प्रभावित हुनेछन् ।

दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क तिर्नु पर्ने समाचारमा उल्लेख छ । दुई महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।

कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ । अब बढेको शूल्कले उनीहरुलाई थप मारमा पारेको छ । साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीहरूमा अतिरिक्त भार परेको थियो ।

कुनै पनि नेपालीहरूको साउदीमा स्थायी रुपमा बसाइसराई, नागरिकता, पिआर या गि्रनकार्ड जस्ता सुविधा र अधिकार पाउँदैनन् । अब अस्थयी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ ।

साउदीले अब सामुन्दि्रक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल इक्जीट शुल्क लिनेछ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का