२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

फ्री भिसा फ्री टिकटको नीति असफल भएसंगै सेवाशुल्क परिमार्जन हुँदै

२०८१, ८ जेष्ठ मंगलवार ०२:३७

जेठ ८, काठमाडौँ । सरकारले फ्री भिसा फ्री टिकटको नीति असफल भएसंगै वैदेशिक रोजगारमा जाने युवाहरुले म्यानपावरलाई बुझाउने सेवा शुल्कमा स्पष्ट नीति सहितको परिमार्जन गर्ने संकेत गरेको छ । फ्री भिसा फ्री टिकटको नीति श्रममन्त्री टेकबहादुर गुरुङले २३ असार २०७२ बाट मन्त्रीस्तरीय निर्णयबाट लागू गरेका थिए । त्यसयता वैदेशिक रोजगारमा जाने युवाहरुले नीतिबिपरित चर्को लागत बुझाउन बाध्य छन् । 


सोमबार भएको एक छलफल कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपि अर्यालले वैदेशिक रोजगारको बेथितिको अन्त्य गर्ने गरि आफ्ना धेरै योजनाहरुबारे धारणा राखेका हुन् । उक्त छलफलमा फ्री भिसा फ्री टिकटको नाममा भईरहेको चर्को अशुली नियन्त्रणको सम्बन्धमा श्रममन्त्री अर्यालले आफ्ना धेरै योजनाहरुबारे जानकारी गराएका छन् । मन्त्री अर्यालले सेवा-शुल्क परिमार्जन गर्ने सम्बन्धमा र त्यसको व्यवहारिक कार्यान्वयनमा जाने गरि काम गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका छन् । उनले वैदेशिक रोजगार व्यवसायीहरु आफैले ९६ प्रतिशत वैदेशिक रोजगारमा जाने कामदारहरुले नीति बिपरित पैसा तिरेर गएको बताईरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । 

मन्त्री अर्यालले व्यवसायी आफैले वैदेशिक रोजगारमा कामदार पठाउँदा एक महिनाको तलब वा १ लाख मध्ये जुन कम हुन्छ त्यसै आधारलाई टेकेर सेवाशुल्क लिन पाउनुपर्ने प्रस्ताव राखेको भन्दै सेवा शुल्कको बारेमा के गर्ने भन्नेमा मन्त्रालयले छिट्टै निर्णय लिन सक्ने संकेत गरेका छन् । मन्त्री अर्यालले सेवा शुल्क परिमार्जन गर्ने बिषयमा सबै पक्षको धारणा लिने बताउँदै आएका छन् । मन्त्री अर्यालले शुल्क व्यवस्थित गर्न सकिए बार्षिक ३० अर्व भन्दा बढी राजश्व बढ्ने बताए । मन्त्री अर्यालले चर्को अशुलीबारे वैदेशिक रोजगारमा जाने युवालाई सुसुचित गरी तोकिएको शुल्क मात्र तिर्न र रसिद लिन/दिन बाध्यकारी गराउने बताए । त्यसरी लिएको रसिद बराबरको रकम मात्र सरकारले पिडितलाई फिर्ता गराउने उनले बताए । त्यस्तै वैदेशिक रोजगारमा जाने र पठाउनेले बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने योजना रहेको बताए । 

साथै मन्त्री अर्यालले यस सम्बन्धमा आफूलाई सुझाव दिन आव्हान गरेका छन् । उनले श्रमिक र देशको हितमा हुने गरि आफूले काम गर्ने कुरामा विस्वस्त रहन आग्रह गर्दै वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रणमा क्रमश सुधार दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मन्त्री अर्यालले जनतामा श्रम रोजगार सम्बन्धि सूचना प्रवाहमा सहज पहुँच स्थापना गरेर यो क्षेत्रलाई व्यवस्थित गराउन सकिने बताए । उनले संचारकर्मीहरुलाई श्रमाधन कल सेन्टरले कसरी काम गरिरहेको छ भन्ने सम्बन्धमा वैदेशिक रोजगार बोर्डमै पुगेर रिपोर्ट निकाल्न, अनुगमन गर्न र सुधार गर्नुपर्ने कुराहरुको बारेमा आफूलाई नियमित जानकारी दिन अनुरोध गरेका छन् । 

मन्त्री अर्यालले श्रमाधान कल सेन्टरमा आएको गुनाशो र सुझावलाई आधार मानेर समस्या पहिचान गरि श्रम मन्त्रालयले काम गर्दै जाने बताए । छलफल कार्यक्रममा मन्त्री अर्यालले आफू श्रम मन्त्रालयमा रहेर काम गर्ने दुई बर्षसम्मको बिभिन्न योजनाबारे पनि जानकारी दिएका छन् ।

उनको योजनामा रेमिट्यान्सको वृद्धि, वैदेशिक रोजगार क्षेत्र सुधार, विदेशिने श्रमिकको न्युनतम तलब र सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाउने लगायतका विषयहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह