2026-10-02 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ

विराटनगर। दुई पटक कारागारबाट भागेर फरार भएका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। हत्या अभियोगमा दोषी ठहरिएका इनरुवा नगरपालिका–१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले कोशी गाउँपालिका–८ पथरचट्टान क्षेत्रबाट पक्राउ गरेको हो।

२०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ निवासी ३९ वर्षीय केशव कार्कीको हत्या अभियोगमा पक्राउ परेका यादवलाई अदालतले २० वर्ष ८ महिना १४ दिनको कैद सजाय सुनाएको थियो।

२०६९ सालमा झुम्का कारागारबाट सुरुङ खनेर भागेका यादव २०७२ साल वैशाख १२ गतेको भूकम्पका बेला सिन्धुपाल्चोक कारागारबाट फेरि भागेर भारत पुगेका थिए। उनी मधेशी मुक्ती टाइगरको नाममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै सुपोलस्थित भारतको दिदीको घरमा बसेका थिए।

छठ पूजाका लागि नेपाल आउँदै गर्दा प्रहरीले यादवलाई बिहीबार पक्राउ गरेको हो। उनलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि ताकेर गोली चलाएको थियो। गोली लागेन तर आत्तिएर यादव लडेका थिए। उनलाई नियन्त्रणमा लिएर शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।

अब यादवले बाँकी सजायको डेढी सजाय भुक्तान गर्नुपर्ने भएको छ। नेपाल कारागार ऐन २०१९ अनुसार, भागेको कैदीलाई पुनः पक्राउ गरेपछि बाँकी कैदमा डेढी सजाय थप हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने