हरेकलाई सुखसँग बाच्ने अभिलासा पक्कै हुन्छ । देशको चरम बेथिती राजनितीले आक्रान्त भएर विदेशमा केही कमाएर सुखसँग जीवनयापन गर्ने सोचले नेपालीले परदेश रोज्छन् । दलाललाई मोटो"/>
हरेकलाई सुखसँग बाच्ने अभिलासा पक्कै हुन्छ । देशको चरम बेथिती राजनितीले आक्रान्त भएर विदेशमा केही कमाएर सुखसँग जीवनयापन गर्ने सोचले नेपालीले परदेश रोज्छन् । दलाललाई मोटो रकम बुझाएर दैनिक पासपोर्ट बोकेर सुख सम्झेर परर्देशीने १२/१५ सय नेपाली मध्ये म पनि एक पात्र हुँ ।
जब अर्को देशको एयरपोर्ट झरिन्छ । अनि त्यहाँको बिकास र समृद्धीबाट नलोभिने सायदै कोहि न होलान !
हो म पनि त्यस्तै लोभिएको पात्र मध्ये एक हुँ । तर जब काममा भर्ना भइन्छ अनि हिजो दलालले फकाएको कुरो र काममा रत्ती तारतम्य मिल्न छाड्छ ।
मरेर घाम पानी सहेर पसिना बगाउँदै काम गर्दा नि पाएको बेतनले आफ्नो गर्जो टारेर थोरै रकम नेपाल पठाउनु सिवाय मैले केही देखिन । लाग्छ यहाँ जस्तै सरकार इमान्दार र प्रगतिशिल भैदिए सायद नेपालमा कामको कमि छैन ।
माथिल्लो तमोरबाट बिजुली निकाल्न सरकारले सक्दैन । बिदेशी नै गुहार्नु पर्या छ । त्यहाँ हामीले काम पाउनु भनेको आकाशको फल जस्तै हुन्छ ।
गण्डकी खोला दगुरीरहेको छ । त्यहाँबाट बिजुली निकाल्न सरकार सक्दैन । हामीले कुल्लीको आशा गर्न नि सकेनौं । त्यस्तै पूर्व–पश्चिम रेल गुडाउन नक्सा बनाउछ सरकार । तर कुदाउने र नागरिकलाई काम दिन कहिले सक्दैन । अब भन्नुस् मिठो सपना र पैसामै सुतेको सपना देखाउने दलाललाई हामीले किन सम्मान नगर्ने ?
अनि उसैको कुरा मानेर बिनासीप विदेशिने र दुःख पाउने हामी र बचेको पैसो नेपाल पठाउँदा रेमिट्यान्स यो महिना कम आयो भन्ने राष्ट्र बैंक । यो कति लाज मर्नु कुरो हो ? के भोली, पर्सी पनि नेपालले यही मानव बेचेर देशको बजेट बनाउने नीति लिएको हो ?
हैन भने किन देशले सही मार्ग लिदैन ? किन रेमिट्यान्सको आशामा देशको बजेट बनाउँछ ? यदि राज्यको सोच यहि हो भने गलत छ । किन कि मान्छेको श्रम सधैं एकै नास हुदैन । यदि त्यो श्रमिक भोलि अपाङ्ग पनि हुन सक्छ र बुढो नि हुन्छ ।
त्यसपछि देशले आशा गरेको रेमिट्यान्स पनि आउदैन । ती श्रमिकको लागि राज्यले के सोचेको छ ? खाली सरकार पतिबर्तन गर्दैमा समस्या समाधान होला ?
देश बिकासका लागि सोच्न आवश्यक छ । - सुरेन्द्र परदेशी/झापा ।