१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जाने ‘सेक्युरिटी गार्ड’को प्रतिबन्ध हट्यो

७ मंसिर २०७३, मंगलवार १३:२९

मंसिर ७, काठमाडौं । सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जाने युवाहरुमाथि लगाइएको प्रतिवन्ध सरकारले हटाएको छ । योसंगै अब नेपालबाट सुरक्षा गार्डका रुपमा विदेश जाने बाटो फेरी खुलेको छ ।

आज बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले यो प्रतिवन्ध हटाएको हो । सरकारको यो निर्णय मुद्दा खेपिरहेका म्यानपावर कम्पनीहरुमा भने लागु हुनेछैन । सुरक्षा गार्डमा पठाउने नाममा बढी पैसा अशुल्ने म्यानपावरले भने सेक्युरिटी गार्डमा पठाउन पाउने छैनन् । 

भदौदेखि बिभिन्न म्यानपावर मार्फत सेक्युरेटी गार्ड पदमा पठाउने भनिएकाहरु विदेश जान तयार छन तर श्रम नहुँदा अन्यौलता थियो तर अब उनीहरु पनि विदेश जान पाउने भएका छन् । नेपालमा लागेको प्रतिबन्धको फाइदा अरु देशलाई पुगेको भन्दै सरकारले आफ्नो निर्णय फिर्ता लिएको छ । मलेसियाले अन्य देशबाट सेक्युरिटी गार्ड लिन थालेपछि संसदीय समिति आफ्नो निर्णयबाट पछि हटेको जानकारी गराएको छ ।

यसैवीच सरकारले यसअघि अफगानिस्तानका केही दूताबासका लागि सेक्युरिटी गार्ड सप्लाइ गर्न सकिने निर्णय गरेको थियो । संसदीय समितिकै निर्देशनमा गत भदौको दोस्रो सातादेखि सेक्युरिटी गार्डका रुपमा विदेश जाने युवालाई श्रम इजाजत दिन बन्द गरिएको थियो । समितिको यो निर्णयका कारण हजारौं युवा विदेश जान नपाएर समस्यामा परेका थिए । संसदीय समितिले सेक्युरिटी गार्डहरुलाई विदेश पठाउँदा तोकिएको फ्री भिसा र टिकटमा लागु नगरिएकोे, सुरक्षाको न्युनतम ग्यारेन्टी नलिइएको र उनीहरुले विदेशमा धेरै सास्ती भोग्नु परेको लगायतका कारण देखाउँदै श्रम इजाजत नदिन सरकारलाई भनेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो