मङ्सिर ८, युएई । युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । 

रातभर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, युएई । युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । 

रातभर"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपाली र पाकिस्तानी बिच कुटाकुट, क्याम्प रणभुमिमा परिणत

८ मंसिर २०७३, बुधबार ०२:४८

मङ्सिर ८, युएई । युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । 

रातभरि डिउटी गरेर बिहान र बेलुकाको खाना बनाउने क्रममा किचनमा इलिगल बसेका पाकिस्तानी र नेपाली बिच सामान्य विवाद भएको थियो । इलिगल बसेका पाकिस्तानी नेपालीहरुले नै पालेर राखेका थिए तर बिहान ८ बजे खाना बनाईरहेको नेपाली बिचमा भनाभनबाट सुरु भएको सो घटनामा नेपालीले उनलाई हात हाले । 

उनले प्रयोग गरेको धम्कीपुर्ण अभिव्यक्ति, लडाइँको च्यालेन्जले उनलाई गोर्खाली मुक्का मिल्यो । उनले प्रतिक्रिया स्वरुप अमलेट बनाउन तताई रहेको तातो तेल सहितको प्यानले ती नेपाली माथी आक्रमण गरे । तातो उम्लेको तेलले दुई नेपाली गम्भीर घाइते भए । जवाफमा  नेपालीले आक्रमण गर्न खोज्दा उनि भागेर बचे ।

५ सय सङ्ख्यामा रहेको नेपाली  सेकुरिटीमा आवद्ध नेपालीहरुले क्याम्प बोसलाई कमप्लेन गरे । क्याम्प बोसले पुलिस बोलाउन तयार भएनन् । तर अफ़्रिकि क्याम्पबोसले अन्तमा नेपाली आक्रोशमा पुलिस बोलाए । पुलिसले हात लगाउने नेपाली लाई ५ दिन हिरासत र १ बर्ष बस्नुपर्ने केस दर्ता गर्न भने पछि नेपालीले केस दर्ता गर्न तयार भएनन् । 

त्यसपछी क्याम्प बोस र होस्टेल सेकुरिटीले ती इलिगल पाकिस्तानीलाई नेकालेपछी गोर्खालीले उनलाई मरासन्न हुनेगरी पिटेका थिए । सेकुरिटी कम्पनीमा पाकिस्तानी सेकुरिटी संख्या ५७ जना छन ।

सम्पुर्ण नेपाली लागेर १ जना पाकिस्तानी माथीको आक्रमणपछि बाहिरबाट थप पाकिस्तानी शक्ति बोलाएर नेपालीसँग लड्न भनेर लाठी लिएर आए । सुरक्षाको सम्यामताले नेपालीले डिफेन्समा बसे । नेपाली डिफेन्समा बसे पछि उनीहरुको मनोबल बढेर अझै उल्लासको साथ नेपाली माथि लडाइँको धम्की दिए । 

केस मिलापत्र गरेर फर्केको दुबई पुलिस फेरी रणभुमी परिणत हुन लागेको क्याम्पमा दिनभर रहनुपर्ने स्थित पैदा भएको थियो । सामान्य आन्तरिक भनाभनमा भएको उक्त घटनाले गोर्खाली र पाकिस्तानी बिच कश्मिरमा भएको द्वन्द्व भन्दा कम थिएन ।

नेपाली आन्तरिक, लडाइँ, शक्तिशालीको हिसाबमा कयौं गुणा शक्तिशाली भए पनि पाकिस्तानी आफ्नो धार्मिक, एउटै मुलुकको भएको कारण मर्न तयार हुने तर पछि नहट्ने कारण आगामी दिनमा पनि रणभुमी बन्ने निश्चित देखिन्छ । दुबईमा नेपालीहरुको तुलनामा पाकिस्तानी बिजनेस, सरकारी ओहदामा अब्बल छन । 

कामदारको हिसाबले पाकिस्तानी भन्दा नेपाली अझै सेकुरिटीको फिल्डमा उपस्थित धेरै छ । नेपालीको बानी सुरुको अवस्थामा जाई लाग्ने र पछी एकताको शक्तिबाट बहिर्गमन हुने बानिले मार खानुपर्ने हुन्छ । आज भएको अन्तर संघर्षमा कम्पनीको म्यानेजमेन्ट, पुलिसको उपस्थितले केस झनै गम्भीर भएको छ । अब उक्त कम्पनीमा काम गर्ने नेपाली र पाकिस्तानी बिचको तिक्तताको दुरिले नेपाली कामदारमा आन्तरिक सुरक्षा चुनौती थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो