१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ वर्षमा ३६ लाख कमाउने मौका मलेसियाको लोभले यसरि खायो

८ मंसिर २०७३, बुधबार ११:०२

मङ्सिर ८, सर्लाही । ‘मेरो केही नभए पनि महिनाको ५० हजार रुपैयाँको दरले ६ वर्षमा ३६ लाख रुपैयाँ कमाउने मौका हात बाट उम्कियो । के गर्नु समयले कसैलाई पर्खंदैन ।’ लक्ष्मीपुर कोद्रा-७ का एसुल मन्सुरको पछुतो हो यो । 

६ वर्ष अघिको कुरा । एसुल मन्सुर नेपालमा दिनको १५ सयदेखि २ हजार रुपैयाँ कमाउनुहुन्थ्यो सिरक डसना सिलाएर । पाँच रुपैयाँको सियो अनि बीस रुपैयाँको धागो । एउटा सिरक बनाउँदा आधा टोटा धागो लाथ्यो । यसरी हेर्दा पैसाको लगानी जम्मा पन्ध्र रुपैयाँ मात्रै तर कमाइ भने मनग्गे ।

 दिनभरीमा उहाँ तीनदेखि चार वटासम्म सिरक डसना बनाउनुहुन्थ्यो । त्यसैले दिनको १५ सयदेखि २ हजार रुपैयाँ त कतै जाँदैनथ्यो । तर अर्काको लहैलहैमा लाग्दा उहाँको दिनको २ हजार रुपैयाँको कमाइ मात्रै गुमेन ६ वर्ष डेढ लाख रुपैयाँ मात्र कमाई भयो । 

सिरक डसना बनाउने काम चलिरहेकै बेला छिमेकी गाउँका रहमत मन्सुरले एसुललाई विदेश जान उक्साए । भने ‘धैट यस्तो लक्का जवान भएर के धुलो खाने काम गर्दछस् गाउँगाउँ चहारेर, जति दुःख गरेपनि नेपालमा पैसा बच्दैन ।’ नेपालमा काम गर्दा पैसा नबच्ने भन्दै रहमतले परिवार विरामी हुँदा ऋण खोज्नुपर्ने अवस्था अन्त्य गर्न विदेश जान लोभ देखाए । उनले जाने भए राम्रो कमाइ हुने ठाउँको माग एउटा मात्रै बाँकी रहेको भन्दै छिट्टै निर्णय दिन पनि हतार लगाए । 

रहमतको कुराले एसुल लोभिनुभयो । हुन पनि त्यति बेला दिनको दुई हजार कमाउँदा पनि पैसा बच्दैनथ्यो । रहमतले भने जसरी परिवारका कोहि विरामी भयो भने ऋण खोज्नु पर्ने नै अवस्था थियो । त्यसैले उहाँले अरु केही सोच्न छोडेर सयकडा ५ रुपैयाँका दरले ९२ हजार रुपैयाँ ऋण लिनुभयो र रहमतलाई बुझाउनुभयो । पैसा बुझाएको एक महिनापछि उहाँ मलेसिया उड्नुभयो । एसुलले मलेसियामा सुपर एसिया नाम गरेको कम्पनीमा काम पाउनुभयो । 

तलब थियो महिनाको ५ सय ४६ रुपैयाँ । सुरुको ६ महिना ओभरटाईम पनि पाएकोले उहाँले जाँदा लागेको ऋण चुक्ता गर्नुभयो । ६ महिनापछि कम्पनीले कहिले काम दिने कहिले नदिने गर्न थाल्यो । नियमित काम नपाएपछि कम्पनीले नियमित रुपमा पैसा पनि दिन छोड्यो । तीन वर्ष यसरी नै बित्यो । तीन वर्षपछि कम्पनीले तलब बढाएर बेसिक एक हजार रुपैयाँ बनाइदियो । लेबी १ सय ८७ रुपैयाँ अनि कोठा भाडाको ५० रुपैयाँ त्यसैबाट काट्ने गरी । 

तीन वर्षमा ऋण तिर्न बाहेक अरु केही गर्न नसकेपछि एसुलले घर फर्किन खोज्नुभयो । तर कम्पनीले फर्किन दिएन । ‘पासपोर्ट कम्पनीसँगै हुने भएकाले मैले चाहँदा चाहँदै पनि फर्कन सकिन’ एसुल भन्नुहुन्छ । अरु तीन वर्ष बस्न बाध्य भएकाले एसुलले थप तीन वर्षमा जम्मा एक लाख रुपैयाँ घर पठाउनुभयो । 

नियमित तलब नपाउँदा गुनासो गर्ने वातावरण थिएन भन्नुहुन्छ एसुल । तलब माग्ने रौतहटका दुई जनालाई कम्पनीले प्रहरी लगाएर थुनेपछि उहाँले कम्पनिसँग तलब माग्ने आँट नै गर्न सक्नुभएन । ‘ज्यान भन्दा ठूलो पैसा होइन के गर्नु’ एसुल भन्नुहुन्छ ।  

अब पहिलाकै काम र कमाइ गर्ने अठोट

कमाइ गर्न सक्ने ६ वर्ष खेर गएको निष्कर्षमा पुगेका एसुल सिरक र डसना सिलाउने पुरानै कामलाई नै निरन्तरता दिने निष्कर्षसहित घर फर्किनुभएको छ । उहाँ फर्किएको १० दिन मात्रै भएको छ । 

यो दश दिनमा उहाँलाई लागेको छ,‘विदेश जानु भन्दा अगाडि नै नेपालमा हुने आम्दानी र विदेशमा हुने आम्दानीको हिसाब गरेको भए मेरो ६ वर्ष त्यतिकै खेर जादैनथ्यो होला ।’

लहलहैमा लागेर विदेशिएका एसुलको प्लेनमा बस्दा जुन उमंग थियो उहाँ पुगेपछि सबै चकनाचुर भयो । उहाँ भन्नुहुन्छ, ‘मेरो केही नभए पनि महिनाको ५० हजार रुपैयाँको दरले ६ वर्षमा ३६ लाख रुपैयाँ कमाउने मौका हात बाट उम्कियो । के गर्नु समयले कसैलाई पर्खंदैन ।’ उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो