मङ्सिर ९, युएई । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका १४ जना नेपाली संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले काम नद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ९, युएई । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका १४ जना नेपाली संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले काम नद"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको अलऐनमा १४ नेपाली अलपत्र

९ मंसिर २०७३, बिहीबार ०८:३४

मङ्सिर ९, युएई । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका १४ जना नेपाली संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा अलपत्र परेका छन् । उनीहरुलाई कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् ।

काठमाडौंस्थित पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम नपाएको बताएका छन् । युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले आफूहरुले पठाएको उनीहरूले बताए । अलपत्र पर्नेहरुमा चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन् भने भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् । त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ४ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको उनीहरूले बताए । अलपत्र परेका नेपालीले आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भनेअनुसार काम युएई आएर नपाएको भन्दै पटक-पटक जानकारी गराउँदा समेत वास्ता नगरेको बताएका छन् ।

यता म्यानपावर सञ्चालक सुमन श्रेष्ठले आफू दुई-तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएको पीडितहरूले झापाली समाज युएई सङ्गको भेटमा बताए । झापाली समाज युएईले पीडितलाई भेटेर तत्काल आवश्यक पर्ने खाद्यान्न सामग्री उपलब्ध गराएको छ। झापाली समाज युएई अल ऐन क्षेत्रीय समितिको आगुवाइमा गएको टोलीले सबै पीडितलाई भेटेर  खाद्यान्न वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो