मङ्सिर २३, मोरङ । नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएका छन् ।
मलेसियाबाटै अमेरिका पठाईदिन्छु भन्दै राणाले रकम उठाएर अहिले सम्पर्क विहिन भएका हुन् । नेपाल आउनु पर्दैन, उतैबाट सबै काम हुन्छ भन्दै मोटो रकम लिएर सम्पर्क विहिन भएको मलेसियामा कार्यरत मोरङ बयरवनका ओबिन कटुवालले जानकारी दिए।
मलेसियाको भन्दा राम्रो कमाई हुने भन्दै उनले रकम अहिले थोरै दिनु, पछि सबै डकुमेन्ट तयार भएर भिसा आएपछि दिनु भने तर अहिले उनी सम्पर्क विहिन भएको कटुवालको भनाइ छ । राणाले दर्जनौ नेपालीलाई अमेरिका पठाई दिने भन्दै पैसा संकलन गरेर भागेको आशंका गरिएको छ ।
पिडित आफ्नो पैसा फिर्ता गराउन पटक-पटक सम्पर्क गर्दा उनले फोन समेत अफ भएको कारण आफुहरु समस्यामा परेको दुखेसो पोखे । आफुहरुले यस बारेमा नेपाली राजदूताबासलाई पनि जानकारी गराउने कटुवालले बताए । उता अर्का पीडित तेज राईका अनुसर दुईपल्ट पैसा पठाएपछि राणा सम्पर्क बिहिन भएकोले आँफूहरू समस्यामा परेको बताए।