मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार एयरवेजको फाइनल अन्तर्वार्ता दिन भन्दै दलालले डेढ लाख माग्यो’

२३ मंसिर २०७३, बिहीबार १२:०७

मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै लागि विदेश जाने अधिकांश नेपालीहरुका अनुसार म्यानपावरले तोकेको रकम भन्दा १० गुणा बढी शुल्क अशुल्दा पनि लाचार भएर पैसा तिरेर विदेश जानुपर्ने हुन्छ । 

बैदेशिक रोजगारी अन्तर्गत नेपालमा कतार तथा दुबईबाट ठूला कम्पनीहरुले कामदारको माग गरेका हुन्छन् । ठूला कम्पनीहरुले सकेसम्म निशुल्क नेपाली कामदारलाई आफ्नो कम्पनीमा काममा लैजाने गर्छन तर नेपालमा भने दलाल र म्यानपावरहरुको चलखेलका कारण त्यस्ता ठूला कम्पनीमा जान पनि कामदारहरुले चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ । 

यस्तै एउटा तथ्य हामीले प्राप्त गरेका छौं:

यही डिसेम्वर ४ र ५ गते गोकर्ण फरेस्ट रिसोर्टमा भएको कतार एएरवेजको प्री-अन्तर्वार्ता दिएर घर गएका गणेश आचार्य (नाम परिवर्तन) लाई अन्तर्वार्ता भएको तीन दिनपछि रोयल इन्टरनेशनल म्यानपावरका बताउने 'प्रेम' नाम गरेका व्यक्तिको फोन आयो । 

आचार्यलाई प्रेम नाम गरेका ति व्यक्तिले फोनमा भने – 'तपाइँ कतार एयरवेजको प्रि अन्तर्वार्तामा पास हुनुभएको छ, फाइनल अन्तरवार्ता दिने हो भने डेढ लाख बुझाउनु पर्छ, पास हुनुभएन भने हामी तपाइको पैसा फिर्ता गर्छौं ।' 

आफुलाई सुरुवातदेखिनै 'प्रेम दाई' बताउने ति व्यक्तिलाई गणेशले व्यक्तिगत माध्यमबाट केहिदिन अघि मात्र चिनेका थिए । ति प्रेम दाई भन्नेको फोनपछि आचार्य गम्भीर बने । त्यसपछि उनले साझा सबाल डट कमलाई आफुलाई आएको फोनबारे जानकारी गराए । उनले भने- 'कतार एयरवेजमा फाइनल भिड्न डेढ लाख तिर्नुपर्ने भन्दै फोन आयो, के गर्ने होला ?' हामीले उनलाई फेरी फोन आयो भने त्यसलाई रेकर्ड गर्न भन्यौं, उनले हामीले भने अनुरुप नै गरे । फेरी पनि ति एजेन्टले पहिलेकै कुरा दोहोर्याए, जुन कुरा आचार्यको फोनमा रेकर्ड भएका छन् । फोनमा ति प्रेमदाई भन्नेले आचार्यसँग भोलीसम्ममा डेढ लाख नदिए फाइनलमा भिड्न नपाउने बताएका छन् । 

यो बिषयमा हामीले कतार एयरवेजको डिमाण्ड ल्याएको कम्पनी रियल रेडीएन्टल म्यानपावरमा सम्पर्क गर्यौं । फोन म्यानपावरका एक जना प्रतिनिधिले उठाए । हामीले घटना बताएपछि उनले प्रि-पास भएकाहरुलाई फाइनल अन्तर्वार्ता दिन कुनै पैसा नलिएको बताए । 

म्यानपावरसंगको १० मिनेटसम्मको हाम्रो स्पस्टिकरणमा उसले कतार एअरवेजमा जानको लागि एक रुपयाँ पनि लिन नमिल्ने भन्दै आफुहरुले त्यस्तो नगरेको बताएको छ । उसले त्यस्तो काम दलालहरु मार्फत भएको समेत आरोप लगाएको छ । साथै उसले त्यसरी पैसा तिरेर वा एजेन्ट मार्फत आएकाहरुलाई विदेश नपठाउने बताएको छ । कम्पनीका एक अधिकारीले हामीसँग पटक-पटक भने – 'हामीले प्रकाशित गरेको डिमाण्डमै स्पष्ट भनेका छौं, कतार एयरवेजमा जान पैसा लाग्दैन | यदी कसैले पैसा मागे हामीलाई सुचना गर्नुस, हामी कारबाही गर्छौं ।'  म्यानपावरले कुनैपनि हालतमा एजेन्टसँग पैसाको कारोबार नगर्न सार्वजनिक अपिल समेत गरेको छ । 

कतार एयरवेजमा जानको लागि एजेन्टहरुले चर्को पैसा असूलेको खबर पाएपछि हामीले गणेश आचार्य (नाम परिवर्तन) लाई त्यसको बास्तबिकता बताउन आग्रह गरेका थियौं । हामीले सत्यतथ्य बुझ्न सोहि कम्पनीमा जान चाहेका र अन्तर्वार्ता दिएका अरु नेपालीहरुलाई पनि गोप्य सूचना दिन आग्रह गरेका छौं । 

सम्बन्धित म्यानपावरको सूचना यस्तो छ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु