मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै "/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार एयरवेजको फाइनल अन्तर्वार्ता दिन भन्दै दलालले डेढ लाख माग्यो’

२०७३, २३ मंसिर बिहीबार १२:०७

मङ्सिर २३, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने कामदारले शुन्य शुल्कमा विदेश जान पाउने सरकारी नीति भएपनि त्यसको कार्यान्वयन नभएको अवस्था छ 

। कामकै लागि विदेश जाने अधिकांश नेपालीहरुका अनुसार म्यानपावरले तोकेको रकम भन्दा १० गुणा बढी शुल्क अशुल्दा पनि लाचार भएर पैसा तिरेर विदेश जानुपर्ने हुन्छ । 

बैदेशिक रोजगारी अन्तर्गत नेपालमा कतार तथा दुबईबाट ठूला कम्पनीहरुले कामदारको माग गरेका हुन्छन् । ठूला कम्पनीहरुले सकेसम्म निशुल्क नेपाली कामदारलाई आफ्नो कम्पनीमा काममा लैजाने गर्छन तर नेपालमा भने दलाल र म्यानपावरहरुको चलखेलका कारण त्यस्ता ठूला कम्पनीमा जान पनि कामदारहरुले चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ । 

यस्तै एउटा तथ्य हामीले प्राप्त गरेका छौं:

यही डिसेम्वर ४ र ५ गते गोकर्ण फरेस्ट रिसोर्टमा भएको कतार एएरवेजको प्री-अन्तर्वार्ता दिएर घर गएका गणेश आचार्य (नाम परिवर्तन) लाई अन्तर्वार्ता भएको तीन दिनपछि रोयल इन्टरनेशनल म्यानपावरका बताउने 'प्रेम' नाम गरेका व्यक्तिको फोन आयो । 

आचार्यलाई प्रेम नाम गरेका ति व्यक्तिले फोनमा भने – 'तपाइँ कतार एयरवेजको प्रि अन्तर्वार्तामा पास हुनुभएको छ, फाइनल अन्तरवार्ता दिने हो भने डेढ लाख बुझाउनु पर्छ, पास हुनुभएन भने हामी तपाइको पैसा फिर्ता गर्छौं ।' 

आफुलाई सुरुवातदेखिनै 'प्रेम दाई' बताउने ति व्यक्तिलाई गणेशले व्यक्तिगत माध्यमबाट केहिदिन अघि मात्र चिनेका थिए । ति प्रेम दाई भन्नेको फोनपछि आचार्य गम्भीर बने । त्यसपछि उनले साझा सबाल डट कमलाई आफुलाई आएको फोनबारे जानकारी गराए । उनले भने- 'कतार एयरवेजमा फाइनल भिड्न डेढ लाख तिर्नुपर्ने भन्दै फोन आयो, के गर्ने होला ?' हामीले उनलाई फेरी फोन आयो भने त्यसलाई रेकर्ड गर्न भन्यौं, उनले हामीले भने अनुरुप नै गरे । फेरी पनि ति एजेन्टले पहिलेकै कुरा दोहोर्याए, जुन कुरा आचार्यको फोनमा रेकर्ड भएका छन् । फोनमा ति प्रेमदाई भन्नेले आचार्यसँग भोलीसम्ममा डेढ लाख नदिए फाइनलमा भिड्न नपाउने बताएका छन् । 

यो बिषयमा हामीले कतार एयरवेजको डिमाण्ड ल्याएको कम्पनी रियल रेडीएन्टल म्यानपावरमा सम्पर्क गर्यौं । फोन म्यानपावरका एक जना प्रतिनिधिले उठाए । हामीले घटना बताएपछि उनले प्रि-पास भएकाहरुलाई फाइनल अन्तर्वार्ता दिन कुनै पैसा नलिएको बताए । 

म्यानपावरसंगको १० मिनेटसम्मको हाम्रो स्पस्टिकरणमा उसले कतार एअरवेजमा जानको लागि एक रुपयाँ पनि लिन नमिल्ने भन्दै आफुहरुले त्यस्तो नगरेको बताएको छ । उसले त्यस्तो काम दलालहरु मार्फत भएको समेत आरोप लगाएको छ । साथै उसले त्यसरी पैसा तिरेर वा एजेन्ट मार्फत आएकाहरुलाई विदेश नपठाउने बताएको छ । कम्पनीका एक अधिकारीले हामीसँग पटक-पटक भने – 'हामीले प्रकाशित गरेको डिमाण्डमै स्पष्ट भनेका छौं, कतार एयरवेजमा जान पैसा लाग्दैन | यदी कसैले पैसा मागे हामीलाई सुचना गर्नुस, हामी कारबाही गर्छौं ।'  म्यानपावरले कुनैपनि हालतमा एजेन्टसँग पैसाको कारोबार नगर्न सार्वजनिक अपिल समेत गरेको छ । 

कतार एयरवेजमा जानको लागि एजेन्टहरुले चर्को पैसा असूलेको खबर पाएपछि हामीले गणेश आचार्य (नाम परिवर्तन) लाई त्यसको बास्तबिकता बताउन आग्रह गरेका थियौं । हामीले सत्यतथ्य बुझ्न सोहि कम्पनीमा जान चाहेका र अन्तर्वार्ता दिएका अरु नेपालीहरुलाई पनि गोप्य सूचना दिन आग्रह गरेका छौं । 

सम्बन्धित म्यानपावरको सूचना यस्तो छ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा