मंसिर २५, काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५, काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थ"/>
२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी बढ्यो खाडी जाने नेपाली कामदारलाई खर्चको भार

२०७३, २५ मंसिर शनिबार ०५:५२

मंसिर २५, काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्ने भएको छ ।

खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएका वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।

यि देशमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का नेपालले जनवरी १ देखि निर्णय कार्यान्वय हुने जानकारी दिएको छ । अहिले ५५ सय रहेको मेडिकल शुल्क अब झण्डै ६६ सय पुग्नेछ । अहिले यो संस्थाअन्तरगत स्वास्थ्य परीक्षण गरिरहेका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिनेछन् ।

खाडी मुलुकमा रोजगारीको संकट चुलिएको बेलामा यहाँबाट जाने काादरको शुल्क भने विभिन्न समयमा अनेकन बाहना बनाएर बढाउने गरिएको छ । गाम्काको सुरुवात पछि ४५ सय रुपैयाँ रहेको मेडिहल शुल्क बढाएर ५५ सय बनाइएको थियो ।


मलेसियापछि अहिले साउदीमा आर्थिक संकट छ । त्यसका कारण विभिन्न काममा खाडी पुगेका नेपालीले विभिन्न आर्थिक शोषण भोगिरहेका छन् । सरकारले मलेसिया सहित ६ खाडी देशमा निशुल्क भिसा र टिकको व्यवस्था निर्णय गरेपनि त्यसको कार्यान्वयनमा चासो दिएको छैन । कामदार पुरानो शुल्कभन्दा पनि बढी रकम बुझाएर विदेश जान बाध्य छन् ।

त्यसमाथि रोजगारदाता मुलुकबाटै विभिन्न बाहानामा शुल्क उठाउने क्रम जारी छ । सरकारले भिसा प्रमाणीकरण, अभिमुखिकरण कक्षा, कल्याणकारी कोष र बीमा लगायतका नाममा शुल्क पनि कामदार माथि आर्थिक भार थप्ने माध्यम बनेका छन् । – अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा