११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्पनीले विदा नदिएपनि कतारबाट घर फर्किन सकिने

२७ मंसिर २०७३, सोमबार १३:१५

मंसिर २७, काठमाडौं । कफाला प्रणालीमा संसोधन भएपछि कतारबाट आकस्मिक घर फर्किने कामदारलाई सहज हुने भएको छ । कम्पनीले विदा नदिएर कामदारले अव छुट्टै समितिमा निवेदन दिएर घर फर्किन सक्ने छन् । यसका लागि छुट्टै समिति बनाएर डेक्स स्थापना भएको छ । 

समितिको कार्यालय मदिना खालिफामा रहेको पुरानो ट्राफिक विभागको कार्यालयमा रहने छ । समितिको डेक्स आइतबारदेखि बिहिबारसम्म खुल्ला रहने छ । घर फर्किन कम्पनीले विदा नदिएका कामदारले समितिमा निवेदन दिन सकिने छ ।समितिले कम्पनीलाई तत्काल खबर गर्ने र तीन दिन भित्रमा निर्णय दिने छ । कम्पनी सम्पर्कमा नआए अथवा विदा नदिनको उपयुक्त कारण नभए समितिको सिफारिसमा घर फर्किन सकिने छ ।

यो नियम मंगलबारदेखि कार्यन्वयन हुनेछ । कतारको आन्तरिक मन्त्रालयले अधिकार अनुसार पाउने छुट्टि र आपतमा छुटि नपाएमा गुनासो गर्न सकिने जनाएको छ । मन्त्रालयका अनुसार समितिको निर्णय चित्त नबुझे मन्त्रालयमा समेत निवेदन दिन सकिने छ । 

गैर कानूनि बसेका कामदार र कुनै मुद्दा नलागेका कामदारले यो सुविधा लिन सक्नेछन् । तत्कालका लागि फर्म भर्ने व्यवस्था गरिएको भएपछि यसलाई अनलाइन सिस्टममा लैजाने तयारी भैरहेको दोहा न्युजले जनाएको छ । उज्यालोबाट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु