११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​कतारमा आजदेखि नयाँ नियम, कफाला प्रणाली संसोधन

२८ मंसिर २०७३, मंगलवार ०६:१८

मंसिर २८, काठमाडौं । कतारमा आजदेखि आप्रवासि कामदारका लागि नयाँ नियम कार्यान्वयनमा आएको छ । कतार सरकारले कफाला प्रणाली संसोधन गर्दै मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याएको हो । नयाँ नियममा कामदारलाई थप अधिकार प्रदान गर्दै सहज व्यवस्था गरिएको छ । 

कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो । नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । 

गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि अमिरलाई पठाएको थियो । त्यसबेलै कतारको माथिल्लो निकाय अर्थात अमिरले यो नियम स्वीकृत गरेपनि डिसेम्बर १३ देखि लागु गर्ने जनाइएको थियो । 

कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म लाश समेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैन् । पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ ।

कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अव कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले विदा नदिए छुट्टै समिति बनाइएको छ र त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ । 

सेवा अवधि रोजगारदाता कहाँ काम गर्न थालेको दिनबाट गन्ति हुनेछ । कामदारले अव रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगार दातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराइरहन पर्दैन  । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ । 

काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नु अघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ । यस्तै करार अवधि हुँदै रोजगारदाता परिवर्तन गर्नु परेमा भने साविकको रोजगारदाताबाट अनुमति लिनु पर्नेछ । 

रोजगारदाताले अनुचित व्यवहार गरेको, शोषण गरेको प्रमाण देखाउन सके रोजगारदाता परिवर्तनको हक हुनेछ । नयाँ नियम अनुसार कतारमा काम गर्ने भिसा प्राप्तीका लागि करार अनिवार्य हुने र त्यस्तो करारपत्र आफ्नै देशमा हुँदै हेर्न सकिनेछ । नयाँ नियम घरेलु कामदारका लागि समेत लाभदायी छ । कामदारको पासपोर्ट अनावश्यक राख्ने रोजगारदातालाई २५ हजार रियालसम्म जरिवाना हुने प्रावधान छ । 

कतारमा २१ लाख बढि आप्रवासि मध्य झण्डै साढे चार लाख नेपाली कार्यरत छन् । कफाला प्रणाली खाडीका अन्य देशहरु बहराइन, कुवेत, साउदी अरब, युएई र ओमानमा यथावत छ । उज्यालोबाट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु