२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​कतारमा आजदेखि नयाँ नियम, कफाला प्रणाली संसोधन

२०७३, २८ मंसिर मंगलवार ०६:१८

मंसिर २८, काठमाडौं । कतारमा आजदेखि आप्रवासि कामदारका लागि नयाँ नियम कार्यान्वयनमा आएको छ । कतार सरकारले कफाला प्रणाली संसोधन गर्दै मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याएको हो । नयाँ नियममा कामदारलाई थप अधिकार प्रदान गर्दै सहज व्यवस्था गरिएको छ । 

कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो । नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । 

गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि अमिरलाई पठाएको थियो । त्यसबेलै कतारको माथिल्लो निकाय अर्थात अमिरले यो नियम स्वीकृत गरेपनि डिसेम्बर १३ देखि लागु गर्ने जनाइएको थियो । 

कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म लाश समेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैन् । पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ ।

कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अव कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले विदा नदिए छुट्टै समिति बनाइएको छ र त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ । 

सेवा अवधि रोजगारदाता कहाँ काम गर्न थालेको दिनबाट गन्ति हुनेछ । कामदारले अव रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगार दातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराइरहन पर्दैन  । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ । 

काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नु अघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ । यस्तै करार अवधि हुँदै रोजगारदाता परिवर्तन गर्नु परेमा भने साविकको रोजगारदाताबाट अनुमति लिनु पर्नेछ । 

रोजगारदाताले अनुचित व्यवहार गरेको, शोषण गरेको प्रमाण देखाउन सके रोजगारदाता परिवर्तनको हक हुनेछ । नयाँ नियम अनुसार कतारमा काम गर्ने भिसा प्राप्तीका लागि करार अनिवार्य हुने र त्यस्तो करारपत्र आफ्नै देशमा हुँदै हेर्न सकिनेछ । नयाँ नियम घरेलु कामदारका लागि समेत लाभदायी छ । कामदारको पासपोर्ट अनावश्यक राख्ने रोजगारदातालाई २५ हजार रियालसम्म जरिवाना हुने प्रावधान छ । 

कतारमा २१ लाख बढि आप्रवासि मध्य झण्डै साढे चार लाख नेपाली कार्यरत छन् । कफाला प्रणाली खाडीका अन्य देशहरु बहराइन, कुवेत, साउदी अरब, युएई र ओमानमा यथावत छ । उज्यालोबाट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह