२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० बर्ष अघि मलेसिया गएको छोरो नफर्किएपछी…

२०७३, २९ मंसिर बुधबार ०५:०२

(केदार मगर) | मङ्सिर २९, खोटाङ । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्यो, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफै सम्पर्कमा छैन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो !” 

खोटाङको उत्तरपूर्वी गाविस निर्मलीडाँडा–१ पेलुङका कुमार कटवाल विसं २०६३ मा पैसा कमाउने सिलसिलामा उमेर बढाएर मलेसिया गएका थिए । उनी अहिले घरपरिवारको सम्पर्कमा छैनन् । मलेसिया गएको दशवर्षसम्म छोरा घरमा नआएपछि उनका आमाबुबा अहिले उनैको कुरा गरेर दिन बिताउने गरेका छन् । 

“पैसाको लोभमा सोह्रवर्षको छोरालाई उमेर बढाएर विदेश पठाइयो”, उनका बुबा टङ्क कटवाल भन्छन्, “विदेशबाट छोराले पठाउने पैसाको त कुरै छाडौँ, अहिलेसम्म उ नै सम्पर्कमा नआउँदा निराश भएका छौँ ।” 

छोरालाई विदेश पठाउन रु ९० हजार ऋण काढेर काठमाडौँसम्म पुर्याएको बुबा टङ्कले विगत सम्झँदै सुनाउनुभयो । “छोरालाई एअरपोर्टसम्म पुर्याउन म आफैँ गएको थिएँ”, उहाँले भन्नुभयो, “हामीमा आशा थियो, छोराले पैसा कमाएर केही गर्ला भन्ने, तर अहिले ऊ गएको ऋणसम्म तिर्न सकिएको छैन ।” 

छोरालाई विदेश पठाउँदाको ऋणको ब्याज मात्र अहिले साँवा रकमको दोब्बर भइसकेको कटवाल दम्पतीले बताएका छन् । “छोरा नेपालबाट गएको तीनवर्षसम्म सम्पर्कमा थियो,” उनकी आमा हर्कमाया कटवालले गहभरि आँसु पार्दै भन्नुभयो, “सम्पर्क हुँदासम्म उसले कमाई हुँदैन भन्ने गथ्र्यो । अहिले सम्पर्कै हुन छाड्यो । जे भएपनि एक दिन फर्केर आउँछ होला !” 

कटवाल दम्पती अहिले पैसाभन्दा पनि छोराको खोजीमा रहेका छन् । उनीहरु भन्छन्, “अहिले हामीलाई पैसा चाहिएको छैन । छोरा घर फर्केर आइदिए हुन्थ्यो भन्नेमा हामी छौँ ।” उनीहरु एकै स्वरमा थप्छन्, “चाडपर्व आउँदा सबैका छोराछोरी घरमा आएका हुन्छन् तर हाम्रो छोरा सम्पर्कमा नहुँदा चाडपर्वभरि नै रोएर बिताउनुपर्ने हुन्छ ।” 

कटवाल दम्पतीले मलेसियामा बेपत्ता आफ्नो छोरा खोजी गरी दिन उनीहरुको गाउँमा पुगेका सुरक्षित आप्रवासन परियोजना (सामी)का टोलीसमक्ष आग्रहसमेत गरेका छन् । “हामीलाई छोरा नेपाल फर्काउने प्रक्रिया सिकाइ दिनुहोस्”, गन्धर्व गीतियात्रा लिएर निर्मलीडाँडा पुगेका सामीको टोलीसमक्ष उनीहरुले भने, “सक्नुहुन्छ भने, तपाईंहरुले नै हाम्रो छोरालाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुपर्यो ।” 

उनीहरुसँग छोरा विदेश पठाएको कागजातसमेत नरहेको बालसेवा समाज नेपाल, नेर्पामार्फत सञ्चालित सामी परियोजनाको विद्यालय तथा आमसञ्चार कार्यक्रमका सामाजिक परिचालक लीला निरौलाले बताउनुभयो । 

उनीहरुलाई आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको निरौलाले जानकारी दिनुभयो । सामी परियोजनाले विदेशमा पुगेर ठगीमा परेका, भनेजस्तो काम र दाम नपाएका, यातना भोगेका, उतै ज्यान गुमाएका लगायतलाई उद्धार गर्दै आएको छ । सोही सन्देश दिन सामीको गन्धर्व गीतियात्रा टोली निर्मलीडाँडा पुगेको थियो । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा