२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० बर्ष अघि मलेसिया गएको छोरो नफर्किएपछी…

२९ मंसिर २०७३, बुधबार ०५:०२

(केदार मगर) | मङ्सिर २९, खोटाङ । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्यो, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफै सम्पर्कमा छैन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो !” 

खोटाङको उत्तरपूर्वी गाविस निर्मलीडाँडा–१ पेलुङका कुमार कटवाल विसं २०६३ मा पैसा कमाउने सिलसिलामा उमेर बढाएर मलेसिया गएका थिए । उनी अहिले घरपरिवारको सम्पर्कमा छैनन् । मलेसिया गएको दशवर्षसम्म छोरा घरमा नआएपछि उनका आमाबुबा अहिले उनैको कुरा गरेर दिन बिताउने गरेका छन् । 

“पैसाको लोभमा सोह्रवर्षको छोरालाई उमेर बढाएर विदेश पठाइयो”, उनका बुबा टङ्क कटवाल भन्छन्, “विदेशबाट छोराले पठाउने पैसाको त कुरै छाडौँ, अहिलेसम्म उ नै सम्पर्कमा नआउँदा निराश भएका छौँ ।” 

छोरालाई विदेश पठाउन रु ९० हजार ऋण काढेर काठमाडौँसम्म पुर्याएको बुबा टङ्कले विगत सम्झँदै सुनाउनुभयो । “छोरालाई एअरपोर्टसम्म पुर्याउन म आफैँ गएको थिएँ”, उहाँले भन्नुभयो, “हामीमा आशा थियो, छोराले पैसा कमाएर केही गर्ला भन्ने, तर अहिले ऊ गएको ऋणसम्म तिर्न सकिएको छैन ।” 

छोरालाई विदेश पठाउँदाको ऋणको ब्याज मात्र अहिले साँवा रकमको दोब्बर भइसकेको कटवाल दम्पतीले बताएका छन् । “छोरा नेपालबाट गएको तीनवर्षसम्म सम्पर्कमा थियो,” उनकी आमा हर्कमाया कटवालले गहभरि आँसु पार्दै भन्नुभयो, “सम्पर्क हुँदासम्म उसले कमाई हुँदैन भन्ने गथ्र्यो । अहिले सम्पर्कै हुन छाड्यो । जे भएपनि एक दिन फर्केर आउँछ होला !” 

कटवाल दम्पती अहिले पैसाभन्दा पनि छोराको खोजीमा रहेका छन् । उनीहरु भन्छन्, “अहिले हामीलाई पैसा चाहिएको छैन । छोरा घर फर्केर आइदिए हुन्थ्यो भन्नेमा हामी छौँ ।” उनीहरु एकै स्वरमा थप्छन्, “चाडपर्व आउँदा सबैका छोराछोरी घरमा आएका हुन्छन् तर हाम्रो छोरा सम्पर्कमा नहुँदा चाडपर्वभरि नै रोएर बिताउनुपर्ने हुन्छ ।” 

कटवाल दम्पतीले मलेसियामा बेपत्ता आफ्नो छोरा खोजी गरी दिन उनीहरुको गाउँमा पुगेका सुरक्षित आप्रवासन परियोजना (सामी)का टोलीसमक्ष आग्रहसमेत गरेका छन् । “हामीलाई छोरा नेपाल फर्काउने प्रक्रिया सिकाइ दिनुहोस्”, गन्धर्व गीतियात्रा लिएर निर्मलीडाँडा पुगेका सामीको टोलीसमक्ष उनीहरुले भने, “सक्नुहुन्छ भने, तपाईंहरुले नै हाम्रो छोरालाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुपर्यो ।” 

उनीहरुसँग छोरा विदेश पठाएको कागजातसमेत नरहेको बालसेवा समाज नेपाल, नेर्पामार्फत सञ्चालित सामी परियोजनाको विद्यालय तथा आमसञ्चार कार्यक्रमका सामाजिक परिचालक लीला निरौलाले बताउनुभयो । 

उनीहरुलाई आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको निरौलाले जानकारी दिनुभयो । सामी परियोजनाले विदेशमा पुगेर ठगीमा परेका, भनेजस्तो काम र दाम नपाएका, यातना भोगेका, उतै ज्यान गुमाएका लगायतलाई उद्धार गर्दै आएको छ । सोही सन्देश दिन सामीको गन्धर्व गीतियात्रा टोली निर्मलीडाँडा पुगेको थियो । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट