पुस ८, मोरङ । मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो । 

सात वर्ष कतार बसे पनि आम्दानी सोचे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, मोरङ । मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो । 

सात वर्ष कतार बसे पनि आम्दानी सोचे"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात बर्षपछि कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

२०७३, ८ पुष शुक्रबार ०८:०६


पुस ८, मोरङ । मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो । 

सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गर्नुभएका उहाँले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सक्नु भएन । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खडकाले कतारमा सात वर्ष समय बिताउनुभयो । 

पाँचजनाको परिवारको जिम्मेबारी बोक्नुभएका उहाँले केही समयअघि स्वदेश फर्केपछि थोरै पाखोबारी किन्नुभयो । सानोे घर पनि बनाउनुभयो । स्वदेशमै केही गर्ने सोच बनाएपनि खडकासँग लगानी गर्न पर्याप्त बजेट भएन । कोलबोटे सामुदायिक संस्थाबाट उहाँकी श्रीमती मनकुमारीले रु २५ हजार ऋण लिनुभयो । 

गाउँमा एकीकृत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालित थियो । उहाँले ऋण लिएको सामुदायिक संस्थाले गरिबी निवारण कोषबाट आयआर्जनका लागि अनुदान पायो । त्यहीबाट खडकाले १२ प्रतिशत ब्याजदरमा ऋण लिएर लगानी गर्नुभयो । सो ऋणबाट तीन रोपनी पाखोबारीमा अदुवा र एक रोपनी पाखोबारीमा गोलभेँडा रोप्नुका साथै दुई वटा बाख्राको पाठा खरिद गर्नुभयो । 

उहाँले भन्नुभयो – “विदेश त कोही पनि नजाओस्, विदेशको जति परिश्रम स्वदेशमा गरे जति पनि पैसा कमाउन सकिने रहेछ ।” खडकाको बारीमा अहिले अदुवा बिक्रीका लागि तयार भइसकेको छ । प्रतिबोट तीन किलोसम्म अदुवा फलेको छ। गोलभेँडा पनि पाक्न थालेको छ । प्रतिबोट चार किलोसम्म गालभेँडा उत्पादन भएको खड्काको भनाइ छ । गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बजारसम्म लैजानु नपर्ने उहाँले बताउनुभयो । उत्पादन दिनुभन्दा अघि नै व्यापारीले खरिदका लागि बैना दिएका छन् । 

उत्पादन भएको आम्दानीबाट ऋण तिर्ने र बाँकी पैसाले घर खर्च र बालबालिकाको पठनपाठनका साथै बचत गर्छु भन्दै खडकाले “कुम्लेटार क्षेत्रमा सिँचाइका लागि पानीको समस्या नहुने हो भने भएको सबै पाखोबारी भाडामा लिएर भए पनि काम गर्ने सोच रहेको बताउनुभयो । 

परिवारसँग बसेर आम्दानी गर्दा छुट्टै आनन्द हुन चर्चा गर्दै खडका भन्नुहुन्छ– “हाम्रा गाउँका धेरै युवा विदेशिएका छन्, स्वदेशमा लगानी गरे विदेशको भन्दा बढी कमाउन सकिन्छ”, उहाँको कामले गाउँमा अरुलाई जागरण ल्याएको कोलबोटे सामुदायिक संस्थाकी अध्यक्ष पवित्रा विश्वकर्माले बताउनुभयो । 

कोलबोटे सामुदायिक संस्थाको सफल कृषक भएको खडकाको कामप्रतिको लगनशीलताले गर्दा संस्थाले पहिलो पटकको उहाँको ऋण भुक्तानीपछि पुनः ऋण लगानी गर्ने सोच बनाएको उहाँले बताउनुभयो । 

कोलबोटे सामुदायिक संस्थाबाट धेरैले ऋण लगे पनि खड्काको जतिको प्रगति गर्न नसकेको कोषाध्यक्ष देवीमाया कुरुङ्वाङको भनाइ छ । उहाँले भन्नुभयो – “आजभोलि संस्थाका सदस्यहरु खडकाको कामप्रति प्रभावित भएका छन् ।” वैदेशिक रोजगारीबाट फर्केकाहरु पनि उहाँकामा गएर बाली लगाउने तरिका र संरक्षणबारे पनि सिक्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ