पुस १५, काठमाडौं । नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले थप डेढ वर्ष काम गर्न अनुमति पत्र  प्रदान गर्ने भएको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौं । नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले थप डेढ वर्ष काम गर्न अनुमति पत्र  प्रदान गर्ने भएको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालीले ‘वर्क परमिट’ पाउने

१५ पुष २०७३, शुक्रबार ०८:२६

पुस १५, काठमाडौं । नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले थप डेढ वर्ष काम गर्न अनुमति पत्र  प्रदान गर्ने भएको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको हो । 

यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि लम्ब्याईएको हो । अमेरिकी सरकारले यो सुविधा, गत सालको महाभुकम्पका कारण प्रदान गर्दै आएको छ । महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको उल्लेख गर्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले सो व्यवस्था गरेको हालै जनाएको छ । डिपार्टमेन्ट प्रमुख जेह चाल्र्स जोहन्सन द्वारा हस्ताक्षरित जारी विज्ञप्ती अनुसार गत मंगलबार देखि सो सहुलियत दिईएको र यसको अवधि सन् २०१८ को जुनसम्म रहनेछ ।

सहुलियतका लागि नेपाली विद्यार्थीहरुले आवेदन दिनु पर्नेछ । तर, नेपालमा भूकम्प गएको दिन (२०१५ को अप्रिल २५) वा त्यसभन्दा अघिदेखि नै अमेरिकामा पढिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्यरुपमा आफनो ‘विद्यार्थी हैसियत’जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेष्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाई सुचारु गर्नुपर्ने नियम छ ।

महाभुकम्पको प्रभावलाई मध्यनजर गर्दै यस अघि गत कार्तिकमा अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह