पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदा"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झुटो हल्लाको पछी लाग्दा कतारमा कामदारहरुको भागदौड

१७ पुष २०७३, आईतवार ०८:२४

पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदारहरुमा भागदौड मच्चिएको थियो । झुटो समाचारको कारण त्यहाँ रहेका बिदेशी कामदारहरु एकाएक लाइनमा बस्न थालेपछी त्यहाँ स्थित श्रम मन्त्रालयका कर्मचारीहरुनै दंग परे । पछी बास्तबिकता पत्ता लगाइयो कि झुटो समाचारका कारण उक्त लाइन लागेको थियो । 

कतारस्थित स्थानीय संचार माध्यमहरुले झुटो समाचार एकाएक भाइरल बनेपछि बिदेशी कामदारहरुमा भागदौड मच्चिएको हो  । संचार माध्यमले जनाए अनुसार झुटो समाचार पछी लाइन बस्नेहरु बिहान ५ बजेदेखि श्रमबिभाग अगाडी लाइनमा बसेका थिए । तर त्यस्तो कुनै नियम नलगाइएको मन्त्रालयले प्रष्ट पारेपछि कामदारहरुको भीड हटेको थियो । पछी कतार स्थित श्रम मन्त्रालयले ट्वीटर मार्फत पनि त्यस्तो कुनै व्यवस्था नरहेको पूनः प्रष्ट पारेको थियो । 

नयाँ नियम अनुसार कतारमा पहिलो करार अवधी पार गरेका बिदेशी कामदारले अर्को रोजगारदाता चुन्न एनओसी नचाहिने व्यवस्था गरेको छ । तर कुनै समयावधि नतोकिइ गरेको करारमा भने ५ बर्षसम्म उक्त कम्पनीमा करार अवधि काम गरेपछि कतारमा नै बसेर अर्को रोजगारदाता खोज्न पाइने नियम छ । यो नियम पछी धेरै बिदेशी कामदारले आफुले पहिले आएको कम्पनीको तोकिएको करार पुरा गरेपछि करार अवधि सकिएलगत्तै अर्को कम्पनीमा काम गर्न पाउँछन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह