माघ २१, काठमाडौं । सात वर्ष साउदी अरबमा जेल परेर फर्किएका १० जनामध्ये एक हुन् ओखलढुंगाका बीरबहादुर बुढाथोकी । रगनी गाविस ६ टकरपुका बुढाथोकी सरकारले जीवनयापनका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौं । सात वर्ष साउदी अरबमा जेल परेर फर्किएका १० जनामध्ये एक हुन् ओखलढुंगाका बीरबहादुर बुढाथोकी । रगनी गाविस ६ टकरपुका बुढाथोकी सरकारले जीवनयापनका ला"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात वर्ष साउदीमा जेल परेका बीरबहादुरको फेसबुकमा ढाका टोपी लाएको ‘प्रोफाइल पिक्चर’

२०७३, २१ माघ शुक्रबार १०:०२

माघ २१, काठमाडौं । सात वर्ष साउदी अरबमा जेल परेर फर्किएका १० जनामध्ये एक हुन् ओखलढुंगाका बीरबहादुर बुढाथोकी । रगनी गाविस ६ टकरपुका बुढाथोकी सरकारले जीवनयापनका लागि केही सहयोग गरी पो हाल्ला कि भन्ने आशमा अहिले काठमाडौंमा हुनुहुन्छ । 

बुढाथोकीसँगै मोरङका चक्रबहादुर गुरुङ र भीमप्रसाद चिमोरिया, झापाका दिपेन सेर्मा, नवलपरासीका कृष्णबहादुर दमाई, तनहुँका केसबहादुर नेपाली, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, भोजपुरका श्रीकुमार राई र मोरङका उमेश श्रेष्ठ जेल परेका थिए । 

उनीहरुलाई एक जना भारतीय कामदारको हत्या गरेको अभियोगमा जेल चलान गरिएको थियो । तर उनीहरुले हत्या गरेको पुष्टि भएन । र अदालतले निर्दोष भएको फैसला गरेपछि जेलमुक्त भएर झण्डै डेढ महिनाअघि नेपाल फर्किए । 

अस्पतालमा पनि कुटपिट

उनीहरुमध्ये मोरङको इटहराका उमेश श्रेष्ठको जेल परेको दुई वर्षमा मृत्यु भयो । बीरबहादुरका अनुसार उमेशलाई जेलमा सोधपुछ गर्दा करेन्ट लगाइएको थियो । अत्याधिक कुटपिट गरिएको थियो । धेरै नै पिडामा परेपछि उमेशको मानसिक सन्तुलन ठिक थिएन । मानसिक समस्या आएपछि श्रेष्ठलाई अस्पताल लगिएको थियो । तर श्रेष्ठ अस्पतालबाट निको भएर जेल फर्किएनन । मृत्यु भएको पाँच वर्षसम्म पनि श्रेष्ठको शव नेपाल पनि ल्याउन सकिएको छैन । 

श्रेष्ठलाई अस्पताल लैजाँदा सँगै जेल परेका भीमप्रसाद चिमोरिया र बीरबहादुर पनि थिए । जेलमा कुटपिट गरेर मानसिक सन्तुलन गुमाएका श्रेष्ठलाई प्रहरीले अस्पतालमा पनि कुटपिट गरेको थियो । ‘मानसिक सन्तुलन ठिक नभएका मान्छे जताजतै हिँड्न खोज्थे । त्यतिबेला पनि उमेशलाई प्रहरीले छातीमा ताकि ताकि कुट्थे ।’ बीरबहादुरले भन्नुभयो । 

बीरबहादुरको सात वर्षे जेल जीवन जति विरक्तलाग्दो छ, त्यसअघिका साउदी बसाई पनि सारै सुखद छैनन । सन् २००७ मा उहाँ साउदी अरब पुग्नुभएको हो । आफन्तले नै सुपरमार्केटमा क्लिनरको कामका लागि नै पठाएको थियो । महिनावारी एक हजार रियाल तलब भनिएको थियो । 

६ महिनासम्म ‘खबुज’ले छाक टरे 

एक लाख रुपैयाँ दाम बुझाएर साउदी पुगेपछि मात्रै बीरबहादुरलाई थाहा भयो, आफन्तले सुपरमार्केटमा नभएर सप्लाई कम्पनीमा आफूलाई पठाएको रहेछ । तलब पनि साढे चार सय रियालमात्रै । त्यत्ति पैसाले महिनाभर खानु पनि पर्ने । तर त्यो पैसा आउने काम पनि दिइएन बीरबहादुरलाई । 

कम्पनीले ६ महिनासम्म काम दिएन । बरु खाना खर्चका लागि महिनामा ५० रियाल दिन्थ्यो । त्यै पैसाले खबुज (रोटी) किनेर छाक टार्नुपर्ने । मिठो मसिना खान त्यति पैसाले पुग्ने कुरा पनि भएन । कम्पनीले अकामा (परिचयपत्र) पनि दिएको थिएन् । अकामा नभएपछि स्वतन्त्र रुपमा हिँडडुल गर्न पनि सकिन्नथ्यो । 

एक दिन सप्लाई कम्पनीले काम दियो । दैनिक १० घण्टे ड्युटी । विल्डिङ कन्ट्रक्सनमा बालुवा बोक्नुपर्ने । तातो घाममा काम गर्न नसकेपछि बीरबहादुर घर फर्किआउने तयारीमा हुनुहुन्थ्यो । त्यसैबेला प्रहरीले हत्या अभियोगमा उहाँलाई पक्राउ गरेको थियो । पक्राउ परेका अरु १० जना पनि थिए । र जेल चलान गरिएको थियो । 

फेसबुक चलाउन जेल परेका स्थानीयले अह्राएको काम गर्नुपर्ने 

जेलभित्रै फेसबुक लुकिछिपी चलाउन पाइन्थ्यो । तर चलाउने के बाट ? कसरी ? 

‘स्थानीय नागरिक पनि जेल परेका हुन्थे । उनीहरुसँग मोवाइल हुन्थ्यो । आफ्नो भाग काटेर खाना पानी दिएर, कपडा धोइदिएर वा उनीहरुले अह्राएको जस्तोसुकै काम गरेर फेसबुक चलाउन माग्ने ।’ बीरबहादुरले भन्नुभयो । 

जेल परेको सात वर्षको समयमा परिवारसँग सम्पर्क हुन गाह्रो थियो । जेल परेको थाहा पाएपछि आफन्त पनि टाढा भए । त्यसैले लुकिछिपी फेसबुक चलाउँदा उहाँले प्रोफाइल पिक्चर राख्नुभएन । लेखान्तमा विश्वास गर्ने बीरबहादुरले नेपाल फर्केपछि भने ढाका टोपी लाएको फोटो प्रोफाइल पिक्चर बनाउनु भएको छ । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन