दुर्गाप्रसाद भट्टराई/सर्लाही | मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुर्गाप्रसाद भट्टराई/सर्लाही | मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई "/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशीका परिवारले यस्ता कुरा नगर्नुस्, सम्बन्ध बिग्रिन सक्छ

२३ माघ २०७३, आईतवार १३:३१

दुर्गाप्रसाद भट्टराई/सर्लाही | मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई लक्षित गरी गर्ने गरिन्छ । जसमा सहभागी प्रायः सबै श्रीमन विदेश भएका महिलाहरु नै हुन्छन् । 

वैदेशिक रोजगारीका कारण सम्बन्धमा देखापर्ने असरका विषयमा समूह छलफल चलाउँदा परिवारको मुख्य सदस्य विदेशिएपछि घर परिवार, आफन्त, छिमेकी र श्रीमान–श्रीमतीबिच खटपट हुने केही कारणहरु थाहा पाएँ । श्रीमान परदेशी भएका धेरै महिलाको परिवारमा देउरानी, जेठानी र सासुससुरासँग सम्बन्ध बिग्रिने समस्या देखियो । कारण कतै पैसा थियो त कतै अर्काको कुरा काट्ने प्रवृत्ति । देउरानी जेठानीहरुले यसको पो श्रीमान विदेश गएर डलर कमाउको छ अनि मिठो मिठो खान्छे भन्ने कुरा दोहोर्याउन थालेपछि सम्बन्धमा खटपट देखापर्ने रहेछ । 

मसँगको भेटमा केही महिलाले सासुससुराले छोराले विदेशबाट कमाएर पठाइदिएको पैसा बिना काममा खर्च गरिरहेकी छे भन्न थालेपछि सम्बन्ध पहिले जस्तो नभएको बताए । त्यस्तै कमाउने सपना बोकेर विदेश पुगेकाहरुको श्रीमतीसँगको सम्बन्धमा पनि सानै कुराले चिसो ल्याउने गरेको छ । विदेशबाट फर्किएपछि श्रीमानले हिसाब खोज्दा श्रीमतीले देखाउन नसक्ने वा देखाए पनि श्रीमानलाई चित्त नबुझ्दा समस्या थप जटिल बन्ने र सबन्ध नै बिग्रने गरेको पाइन्छ । त्यसैले यस्ता कुरामा सबैले ख्याल राख्नुपर्छ ।

समाजका कारण पनि सम्बन्ध बिग्रने गरेको छ । घरमा श्रीमान नभएका महिलाले केही काममा गाउँका अरु पुरुषसँग सहयोग माग्यो भने पनि नराम्रो दृष्टिकोणले हेर्ने र त्यही निहुमा सम्बन्ध बिग्रने गरेका धेरै घटना छन् । कमाउन गएको मानिस विदेशबाट दीर्घ रोगी तथा अपाङ्गता भएर फर्किंदा परिवारले सहज रुपमा नलिँदा पनि सम्बन्ध बिग्रिरहेका छन् । किनकी विदेश जानेहरुको उद्देश्य पनि कमाउने हुन्छ र परिवारको पनि । व्यावहारिक रुपमा हेर्नुपर्ने ठाउँमा पनि व्यावसायिक रुपमा हेर्दा सम्बन्ध बिग्रिएका छन् । 

यी सबै कुराको सार के हो भने जसरी महिनौं लगाएर बुनेको स्वेटर एउटा सानो किल्ला पर्ना साथ उध्रिन्छ त्यसरी नै परदेशीसँगको सम्बन्ध पनि साना साना कुरामै अडिएको हुन्छ । त्यही सानो कुराले सम्बन्ध बिग्रिन्छ । त्यसैले यस्ता कुरामा परदेशीका परिवारका सबै सचेत हुनु जरुरी छ । 

(दुर्गाप्रसाद भट्टराई सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने