माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईको हिमाया सेक्युरिटीद्वारा ९ सय ३७ नेपालीको करारपत्र रद्द

२५ माघ २०७३, मंगलवार ०३:५०

माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करार रद्द गर्दा नेपाली पनि परका हुन् ।

हिमायाले आफ्नो व्यवस्थापनलाई पुनःसंरचना गर्न सुरक्षागार्डको करार सेवा रद्द गरको जनाएको छ । रद्द भएका सुरक्षागार्डहरूको सेवा अवधि अप्रिल १ मा सकिने छ । कम्पनीले रद्दमा परका सबै सुरक्षागार्डलाई सूचना दिइसकेको छ । करार सेवा रद्दमा परका कामदार भने चिन्तित छन् । ‘तीनवर्षे करार अवधि सकिएकाले नथपेको हामीलाई भनियो,’ बुटवलका कुमार सापकोटाले भने, ‘नयाँ कामदार ल्याउनभन्दा हामीलाई नै मौका दिन अनुरोध गरकाछौं ।’ हिमायाले नयाँ  सम्झौता गरका १ सय २४ जना नेपाली सुरक्षागार्डलाई समेत काम दिएको छैन । हिमायाको व्यवस्थापनले नेपाली दूतावासका अधिकारीहरूलाई पुराना सुरक्षाकर्मीको पनि करार अवधि रद्द गरको जानकारी दिएको छ । हिमायामा झन्डै ८ हजार सुरक्षाकर्मी कार्यरत छन् । त्यसमा झन्डै ३ हजार नेपाली सुरक्षागार्ड छन् ।

हिमायामा सबभन्दा बढी एसआरएस म्यानपावर कम्पनीमार्फत कामदार गएका थिए । दलालले अवैध बाटो प्रयोग गरी त्यस कम्पनीमा कामदार लगेका थिए । नेपाली दूतावासले हिमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका कामदारलाई स्वदेश नपठाउन अनुरोध गरको छ । – कान्तिपुर 

>> विदेशबाट TV ल्याउदै हुनुहुन्छ भने थाहा पाउनुस कति इन्चलाई कति कर तिर्नुपर्छ ? 

>> तपाई बैदेशिक रोजगारीमा जान चाहनुहुन्छ ? त्यसो हो भने यहाँ क्लिक गरि डिमाण्डहरु हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका