२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले सेक्युरिटी गार्डमा विदेश जानेहरुसँग ५ लाखसम्म अशुल्छन्

२०७३, २९ माघ शनिबार ०७:०४


माघ २९, काठमाडौँ | बैदेशिक रोजगारीमा दुबई लगायत बिभिन्न देशमा सेक्युरिटी गार्डका लागि जाने नेपालीहरुलाई म्यानपावर कम्पनीले मनपरी रकम अशुल्दै गर्दा सरकार भने देखे-नदेखेझैँ गरेको छ | 

सेक्युरिटी गार्डका रुपमा वैदेशीक रोजगारीमा जाने कामदारमाथिको प्रतिबन्ध हटेपछी फेरी म्यानपावरहरुमा मनपरी पैसा उठाइएको विदेश गइसकेका र जाने तयारीमा रहेकाहरुले साझा सबाल मार्फत गुनाशो गरेका छन् । काभ्रेबाट बैदेशिक रोजगारीको लागि दुबई जान तयारी अवस्थामा रहेका एक नेपालीका अनुसार म्यानपावरले ५ लाख उठाएको खुलाशा गरे । उनले दुबई पुगेपछि आफ्नो तलब खान/बस्न सहित ७० हजार भन्दा बढी हुने आश्वासन दिएकाले यत्रो रकम तिर्न बाध्य भएको बताए । ति युवाले आफु विदेश जाने अन्तिम तयारीमा रहेको भन्दै सम्बन्धित म्यानपावरको नाम दिन मानेनन् । उनले हामीसंगको कुराकानीमा भने 'नाम दिएर के गर्नु सर ? मसँग पैसा बुझाएको प्रमाण छैन । डेढ महिना अघि भिषा अगावै १ लाख बुझाएको थिएँ र फेरी केहि दिन अघि मात्र ४ लाख बुझाईसकें ।' ऋण खोजेर ल्याएको पैसा फस्यो भने आफू बर्बाद हुने बताउँदै उनले सरकार भित्रै पनि म्यानपावरको मिलेमतो रहेको आरोप लगाए । उनि भन्छन 'सरकारले चाहे के हुँदैन ? उनीहरुकै फाइदाको लागि अब मैले ८ महिनासम्म बिदेशमा पसिना बगाउनुपर्छ ।'  

बिदेशमा कमाउने आशा सहित उनि जस्तै हजारौं नेपाली अहिले यस्तै समस्यामा फसेका छन् । विदेश नजाउँ परिवार चल्दैन, विदेश जाउँ म्यानपावरले लुटेर लिन्छ, म्यानपावरलाई लुट्न नदिउ विदेश जान पाइंदैन । सबैले बाध्यताकै कारण चर्को रकम तिर्छन । देशमै रोजगारीको अवस्था नहुँदा विदेश जाने नेपालीहरुबाट मनोमानी रकम अशुल्ने तथा विदेश गएर पनि भनेजति तलब/सुबिधा हुने-नहुने आशंका रहन्छ । म्यानपावरले जति धेरै तलब उति धेरै पैसा अशुल्ने परिपाटी मौलाउंदै गर्दा त्यसको प्रत्यक्ष मार बैदेशिक रोजगारीमा जाने युवाहरुलाई परेको छ । 

यता म्यानपावरहरुले भने डिमाण्ड ल्याउन सम्बन्धित देशका एजेन्टहरुलाई पैसा तिर्नुपर्ने हुँदा बढी लिनु परेको बताउँदै आफुलाई चोख्याउदै आएका छन् । सरकारले बढी अशुल्नेलाई कारबाही गर्ने नीति बनाएको छ तर जनता प्रत्यक्ष लुटिईरहँदा सम्बन्धित निकायहरु मौन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन