२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाद्वारा वर्किङ भिसामा कडाई, नेपाली पनि प्रभावित हुने

२०७३, १९ फाल्गुन बिहीबार १६:३१

फागुन १९, काठमाडौं । अष्ट्रेलियाले वर्किङ भिसामा कडाई गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका इमिग्रेसन मन्त्री पिटर डटनले फास्ट फुड इन्डस्ट्रीमा विदेशी कामदारलाई भिसा दिने प्रक्रिया अन्त्य गर्ने बताए ।

अष्ट्रेलियाले बिदेशी कामदारहरुको कारण अष्ट्रेलियाका नागरिकहरु नै बेरोजगार बन्ने स्थिति देखेपछी उनीहरुको रोजगारी सुरक्षित गर्न यो कदम चालिए बताइएको छ । अष्ट्रेलियाको निर्णयसँगै सबैभन्दा बढी भारतीय प्रवासी कर्मचारी प्रभावित हुने देखिएको छ । अष्ट्रेलियामा वर्किङ भिसा पाउनेमा एक चौथाई भारतीय रहेका छन् । त्यस्तै नेपालीहरुलाई पनि यसले असर गर्नेछ । 

अष्ट्रेलियामा सन् २०१२मा बिदेसी कामदारहरुले बिश्वविख्यात कम्पनीहरु जस्तै केएफसी, म्याकडोनल्ड्स, हंग्री ज्याक्स लगायत अन्य कम्पनी अन्तर्गत करिव ५०० विदेशी कामदारले पहिलो पटक वर्किङ भिसा पाएका थिए । यो भिसालाई ४५७ नामले चिनिन्छ । अष्ट्रेलियाको सरकारी तथ्यांक अनुसार गत वर्ष सेप्टेम्बरमा ४५७ भिसामा कुल ९५ हजार ७५८ मानिास थिए जकबी यो संख्या २०१३ मा १ लाख ३ हजार ८६२ थियो । यसमा सर्वाधिक भारतीय २४.६ प्रतिशत छ । बेलायती १९.५ प्रतिशत र चिनियाँ ५.६ प्रतिशत छन् ।

२०१२ मा लेबर पार्टीमा सत्तामा रहेका बेला एक सम्झौता अन्तरगत फास्ट फुड इन्डस्ट्रीमा कामका लागि विदेशी कामदारलाई वर्किङ भिसा दिन सुरु गरेको थियो । यस्तो खालको भिषा चार वर्षका लागि दिइन्छ । यो भिषामा अष्ट्रेलिया आउनेले सजिलै आफ्नो परिवारसँग अष्ट्रेलियामा बस्न सक्छन् । कुनै पनि कम्पनीले अष्ट्रेलियन नागरिक वा स्थायी निवासी कामदार नभेटेको अवस्थामा यस्तो भिसालाई स्पोन्सर गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा