जेठ १३, काठमाडौं | साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौं | साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट तीन बर्ष अघिनै मरिसकेका व्यक्ति फर्किएपछि…

२०७४, १३ जेष्ठ शनिबार ०३:१९

जेठ १३, काठमाडौं | साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्‍यो। मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे ।

तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको खबर छ । अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ । सुवास जसोतसो जन्मभूमि आइपुगेका छन् । तर जातीय रितमा उनी ‘मरिसकेका’ छन् । उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारान गरिदैछ । अनि मोरङ लक्ष्मीमार्ग ल्याएर बिहे । यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट्न दिइनेछ ।

करिब तीन वर्षअघि सुवास साउदीको जेद्दा नजिकै सडक दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका अर्कैको शव सुवासको भन्दै नेपाल पठाइएको थियो । उनले भने त्यसपछि  आफ्नो आगत विगत भुलेका थिए । ‘नसोचेकै कुरा भयो । दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै  मरेको भन्दै साउदी अरेबीया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव नेपाल पठाएको थियो,’ विमानस्थलमा दाजु लिन आएका भाई अम्बर तामाङले भने,‘ शव क्षत विक्षत भएकाले पहिचानका लागि बढी खोजी गरिएन । विश्वासको भरमा दाजुको अन्तिम संस्कार गरेका हौ ।’

त्यतीबेलै वैदेशिक रोजगार प्रवर्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो ।

९ जुलाई २०१५ मा ट्याक्सी दुर्घटनामा घटनास्थलमै तीन र भोलिपल्ट अस्पतालमा एक नेपालीको मृत्यु भएको थियो । एक कामदारको भने अनुहार चिनिनै नसकिने अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो । ती उपचार भइरहेका व्यक्ति ट्याक्सी चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने प्रारम्भीक रिपोर्ट भए पनि वास्तवमा तीनै सुवास रहेछन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु