१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३१८ नेपाली विदेशी जेलमा, १७ जनालाई मृत्युदन्डको सजाय

१७ जेष्ठ २०७४, बुधबार १७:५१

जेठ १७, काठमाडौं । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत् परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो संख्यामा नेपाली नागरिक मृत्युुदन्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।

जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानवतस्करी, चोरी, ठगी, बलात्कार, मादकपदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।

नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ ओटा राष्ट्रमा उल्लिखित संख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुंगानाले जानकारी दिए ।

जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युदन्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, थप १४ जनालाई मृत्युदन्ड र तीनजनालाई जन्मकैद हुन सक्नेगरी ती देशमा मुद्दा चलाइएको छ ।

मलेसियामा विभिन्न घरफिर्ती केन्द्रमा सामान्य अभियोगमा थुनामा रहेका नागरिकको संख्यामात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमासमेत नेपाली नागरिक थुनामा रहने गरेका छन् ।

सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका, कम्बोडिया, सिंगापुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्यांक तयार पारेको हो ।

भारतमासमेत ठूलो संख्यामा नेपाली जेलमा रहेको बताइएपनि उनीहरुको तथ्यांक नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल