६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोर्डिङ पास लिइसकेका यात्रु अध्यागमनबाट किन फर्काइन्छ ?

२४ जेष्ठ २०७४, बुधबार ०४:१९


जेठ २४, काठमाडौ । श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । 

विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् ।  

सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दिन आफूलाई फिर्ता गरिएको भन्दै मोरङ पथरी ९ घर भएका आर्चायले डिल्लीबजारस्थित अध्यागमन विभागमा निवेदन दिएका थिए । स्रोतका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि कर्मचारीले यात्रुलाई रोकेको भन्दै अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अधिकृतलाई विभाग नै डाकेका थिए ।

स्रोतले भन्यो, ‘महानिर्देशक गेलालले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने बताएपछि भट्टराईले टिकट काटिदिने बताएका थिए ।’ व्यक्तिगत श्रम स्वीकृतिमा सबै प्रक्रिया पूरा गरेर हिँडेका आचार्यले कान्तिपुरसँग कुरा गर्दै आफूलाई अनाहकमा दु:ख दिइएको बताए । आचार्यले आफूले सबै सक्कल कागजात देखाउँदा पनि फिर्ता पठाइएको बताए । विमानस्थलको अध्यागमनमा खटिएका वरिष्ठ अधिकृत, ड्युटीमा खटिएका अधिकृत र विमानस्थल अध्यागमनका प्रमुख अधिकृतको सहमतिमा मात्रै यात्रुलाई अफलोड गर्न पाइने व्यवस्था छ । तर आचार्यलाई फिर्ता पठाउने काम भने भट्टराईले एकल निर्णयका आधारमा गरेका थिए ।

अध्यागमन कर्मचारीकै कारण आचार्यको ३१ हजार रुपैयाँमा किनेको टिकट खेर गएको छ । आचार्यले नयाँ यात्राका लागि फेरि टिकट काट्नुपर्ने बताए । उनले भने, ‘टिकट काट्नका लागि पैसा छैन । विमानस्थल अध्यागमनले टिकट काटिदिन्छ कि, हेरम ।’ आचार्य बहराइनस्थित एक कम्पनीमा रंग लगाउने काममा जान लागेका थिए । विमानस्थल अध्यागमन शाखाका प्रमुख होमनाथ थपलियाले आचार्य बुधबार या बिहीबार नै बहराइन जाने बताए । 

उनले कामदारले सबै कागजात नबुझाएकै कारण फिर्ता पठाइएको दाबी आफू मातहतका कर्मचारीले गरेको र आफूले सबै कागजात बुझाएको दाबी यात्रुले गरेको बताए । उनले भने, ‘दुवैका आ–आफ्नै दाबी छन् । उनी केही दिनमै गन्तव्य देश जान्छन् ।’-कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति