जेठ २४, गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ । <"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई सामी परियोजना वरदान साबित

२४ जेष्ठ २०७४, बुधबार ०५:२८


जेठ २४, गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ । 

विगत ३ वर्षदेखि नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, महोत्तरीमा सञ्चालित सामी परियोजना जिल्लाका हजारौँ युवाका लागि वरदान साबित भएको हो । 

सामी परियोजनाले २०७१ सालदेखि महोत्तरीबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजना संयोजक कमलेश सिंहले बताउनुभयो । 

सामीले वैदेशिक रोजगारीलाई सहज, सुलभ र भरपर्दो बनाउन जिल्ला सदरमुकाम जलेश्वरमा सूचना तथा परामर्श सेवा प्रदान गर्नाका साथै जिल्लाका विभिन्न १५ वटा साबिकका गाविसमा नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च तथा विद्यालय अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको संयोजक सिंहले बताउनुभयो । 

सामीले जिल्लाका गाउँगाउँमा सूचना, परामर्श, गोष्ठी, भेला तथा अभिमुखीकरणजस्ता कार्यक्रम गरेर समुदायस्तरमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने सामीको जनचेतनामूलक कार्यक्रमको फलस्वरुप महोत्तरीबाट वैदेशिक रोजगारीमा जाँदा स्थानीयस्तरमा हुने गरेका ठगीबाट बच्नुका साथै सीप विकास हुने तथा विदेशमा रहेकाको समस्या समाधानका लागि पहुँचमा अभिवृद्धि गराएको छ । 

सामीले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिएर महोत्तरीबाट हजारौँको सङ्ख्यामा विदेसिनेका लागि वास्तवमै वरदान साबित भएको सर्वसाधारणको बुझाइ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति