जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एयरलाइन्सले कतारको उडान भर्न इरानबाट एयरस्पेश लियो

२०७४, ३१ जेष्ठ बुधबार ०३:०७


जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपाल एयरलाइन्सले इरानबाट एयरस्पेश लिएर कतारको दोहामा आफ्नो उडान सुचारु गर्ने भएको छ । 

खाडी राष्ट्रहरुले एक्ल्याएपछि नेपाल एयरलाइन्सलाई कतार जाने एयर रुटमा समस्या परेको थियो । त्यसैकारण नेपालले इरानबाट ‘फ्लाइओभर पर्मिसन’ लिएको थियो । 

तर, त्यसको दुई दिनपछि नै नेपाल एयरलाइन्सले आफ्नो पुरानो भुक्तानी नदिएको भन्दै इरानको फ्लाइओभर पर्मिसन रोकेको थियो । यसअघि साउदी हुँदै नेपाल एयरलाइन्स कतारमा प्रवेश गर्दथ्यो । तर, आफ्नो आकाशबाट पनि कतार जान विमान कम्पनीहरुलाई साउदीसहितका राष्ट्रले रोकेपछि नेपालले इरानबाट फ्लाइओभर अनुमति लिएको थियो ।

नेपाल एयरलाइन्सले यसअघि इरानको बाटो हुँदै गर्ने उडानको ११ हजार २ युरो तिर्न बाँकी रहेको देखिएपछि इरानले २४ घण्टासम्म फ्लाइओभर पर्मिसन दिएको थियो । नेपाल एयरलाइन्सले आफ्नो दायित्व भुक्तानी गरेपछि सोमबारबाटै नेपाल एयरलाइन्सले कतारको दोहामा उडान भर्न सुरु गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौं-दोहा-काठमाडौं रुटमा हप्तामा ३ वटा उडान गर्ने गरेको छ । कतारमा रहेका नेपालीहरुलाई नेपाल एयरलाइन्सले कम भाडादरमा सुविधा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन