जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एयरलाइन्सले कतारको उडान भर्न इरानबाट एयरस्पेश लियो

३१ जेष्ठ २०७४, बुधबार ०३:०७


जेठ ३१, काठमाडौं ।  कतारलाई खाडी राष्ट्रहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि नेपाल एयरलाइन्सलाइ कतारको उडान भर्न समस्या भएको थियो । तर, अब नेपाल एयरलाइन्सले इरानबाट एयरस्पेश लिएर कतारको दोहामा आफ्नो उडान सुचारु गर्ने भएको छ । 

खाडी राष्ट्रहरुले एक्ल्याएपछि नेपाल एयरलाइन्सलाई कतार जाने एयर रुटमा समस्या परेको थियो । त्यसैकारण नेपालले इरानबाट ‘फ्लाइओभर पर्मिसन’ लिएको थियो । 

तर, त्यसको दुई दिनपछि नै नेपाल एयरलाइन्सले आफ्नो पुरानो भुक्तानी नदिएको भन्दै इरानको फ्लाइओभर पर्मिसन रोकेको थियो । यसअघि साउदी हुँदै नेपाल एयरलाइन्स कतारमा प्रवेश गर्दथ्यो । तर, आफ्नो आकाशबाट पनि कतार जान विमान कम्पनीहरुलाई साउदीसहितका राष्ट्रले रोकेपछि नेपालले इरानबाट फ्लाइओभर अनुमति लिएको थियो ।

नेपाल एयरलाइन्सले यसअघि इरानको बाटो हुँदै गर्ने उडानको ११ हजार २ युरो तिर्न बाँकी रहेको देखिएपछि इरानले २४ घण्टासम्म फ्लाइओभर पर्मिसन दिएको थियो । नेपाल एयरलाइन्सले आफ्नो दायित्व भुक्तानी गरेपछि सोमबारबाटै नेपाल एयरलाइन्सले कतारको दोहामा उडान भर्न सुरु गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौं-दोहा-काठमाडौं रुटमा हप्तामा ३ वटा उडान गर्ने गरेको छ । कतारमा रहेका नेपालीहरुलाई नेपाल एयरलाइन्सले कम भाडादरमा सुविधा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या