काठमाडौँ | वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवर रहेकी छन् ।
कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।