१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

१८ मंसिर २०८१, मंगलवार १७:१८

काठमाडौँ | वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ का २९ वर्षीय सञ्जीव चौधरी रहेका छन् ।

उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-१२ सोल्टीमोडबाट पक्राउ गरेको हो ।

चौधरीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएका थिए ।

उनी सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनले तीन जना व्यक्तिबाट ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने यस्तो छ आजको मौसम ! राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न उपराष्ट्रपतिको आग्रह हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत एमालेको जग्गा दान मुद्दा: सर्वोच्चले आज पनि हेर्न भ्याएन गोमालाभलाई नहटाउने अड्डी कस्दै सभामुख घिमिरे, सिके राउतलाई पठाए जवाफ मैले गगन दाइको जस्तो गफ हानेको होईन, कृषिमा लाग्ने हो भने कोही खाँडी जानुपर्दैनः ज्ञानबहादुर शाही