८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण

२५ मंसिर २०८१, मंगलवार १४:५७

काठमाडौँ | केही समयदेखि बन्द रहेको मलेसियाको रोजगारी फेरि खुला भएको छ। २०८१ जेठ १८ गतेदेखि लागु भएको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुला गरिएको हो।

मलेसियाको नियम अनुसार देशभित्र १५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाइने व्यवस्था छ। यो सीमा पूरा भएपछि सरकारले कामदार लिन रोक लगाएको थियो।

मलेसियास्थित नेपाली दूतावासले प्लान्टेसन लगायतका विभिन्न क्षेत्रका लागि १,७८० माग पत्र प्रमाणीकरण गरेको छ। योसँगै मलेसियामा ६ महिनादेखि रोकिएको आप्रवासी कामदार पठाउने प्रक्रिया सुरु भएको छ। तर, अहिले सीमित क्षेत्रमा मात्रै रोजगारी खुलाइएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विशेष कोटामार्फत मात्र कामदारको माग भइरहेको छ। मलेसियाका रोजगारदाताले आवश्यक कामदारका लागि नेपाली दूतावासमा माग पत्र पेस गर्न सक्छन्। माग पत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार विभागले प्रक्रिया सुरु गर्नेछ।

हाल मलेसियामा झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन्। नेपाल सरकारले मलेसिया जाने कामदारमाथि भएको ठगी रोक्न २०७५ जेठ १२ गते श्रम स्वीकृतिमा रोक लगाएको थियो। त्यसबेलादेखि स्वास्थ्य परीक्षणमा सिन्डिकेटको समस्या थियो।
तर, अहिले सबै सूचीकृत स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारको मेडिकल गर्न पाउने भएका छन्। सिन्डिकेटमा संलग्न बेस्टिनेट एसडिएन बिएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासङ्घबिचको सम्झौता नवीकरण नगरिएपछि यो समस्या अन्त्य भएको हो। सिन्डिकेट तोडिएपछि कामदारको लागत घट्ने र प्रक्रिया पारदर्शी हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता