२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै

३ पुष २०८१, बुधबार १४:४६

अनिल अधिकारी । क्वालालाम्पुर । मलेसिया रोजगारमा लामो समयदेखि चल्दै आएको मेडिकल सिन्डिकेटलाई निरन्तरता दिने गरि प्रयास स्वरूप भ्रम छर्ने काम भईरहेको पाइएको छ । मलेसियाले नेपाली कामदार सहित आप्रवासी कामदारहरुको रोजगार प्रक्रियालाई व्यवस्थापन गर्न भन्दै लामो समयदेखि कार्यान्वयनमा ल्याएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) नविकरण गरेको विषयलाई देखाएर नेपालमा ६ बर्षसम्म चलेको मेडिकल सिन्डिकेटलाई निरन्तरता दिने प्रयासमा ट्रायल भएको हो ।

नेपालमा भएको मेडिकल सिन्डिकेटको कारण मलेसिया रोजगारमा जाने युवाहरुले चर्को लागत तिर्न बाध्यतासंगै मेडिकलको नाममा समेत चर्को शुल्कको भार थपिदै आएको अवस्था छ । सामान्यत: सस्तोमा मेडिकल गरेर मलेसिया रोजगारमा जान पाइने अवस्थालाई बिगत ६ बर्षदेखि सिन्डिकेटधारीहरुले प्रति कामदार नौ हजार ८०० अशुलिरहेका थिए । यसरी मेडिकल गराउने क्रममा एकै कामदारको पटक-पटक मेडिकल गराएर कामदारलाई आर्थिक भार माथि भार थप्नेगरि रकम अशुलिदै आएको थियो । त्यसो त मलेसिया रोजगारको लागि मेडिकल गराउने संस्थाहरु क-कसलाई मान्यता दिने-नदिने भन्ने कुराको निर्धारण गर्ने मनोपोलीको नेतृत्व स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष कैलाश खड्काले गरेका थिए । खड्काको स्वार्थसँग जोडिएकाहरुले मात्र यो सिन्डिकेट भित्र छिरेर मलेसिया रोजगारको मेडिकल गर्दै आएको अवस्था छ ।

उनै सिन्डिकेटधारीहरुले पछिल्लो समय आंशिक रुपमा मलेसिया रोजगार खुलेसँगै सिन्डिकेट भित्रकै मेडिकलबाट कामदारहरुको मेडिकल गराउन पर्ने भ्रम छर्न भ्रामक सूचना दिएका छन् । सम्बन्धित पक्षले गत नोभेम्वर १ मै नवीकरण भएको एफडब्लुसीएमएसलाई हालसालै नवीकरण भएजस्तो गरि समयअनुकुल प्रचार गरेर पुन: मेडिकल आफ्नै मेडिकलहरुमा मात्र गर्नपर्ने भ्रम छर्न कोसिस गरेको पाइएको छ । पछिल्लो पटक मलेसियाले मेडिकल जहाँबाट गरेपनि हुने स्पष्ट जानकारी सम्बन्धित पक्षलाई परिपत्र गरि जानकारी गराईसकेको छ । जसमा स्पष्ट जुनसुकै स्रोत देशका जुनसुकै मेडिकलहरुले मलेसिया रोजगारको लागि मेडिकल गर्न पाउने उल्लेख छ ।

स्क्रिनसट:  मलेसिया मेडिकलको सम्बन्धमा पछिल्लो पटक नेपाल स्थित मलेसियन दुतावासले भिसा सेन्टरहरुलाई पठाएको इमेल । 

यहि जानकारी म्यानपावर व्यवसायी र मेडिकल व्यवसायीहरुलाई जानकारी नभएको फाइदा उठाएर सिन्डिकेट पक्षले एकाएक एफडब्लुसीएमएसको नवीकरणको विषयलाई मिडिया मार्फत ट्रायल गराएको मेडिकल व्यवसायीहरुको आरोप छ ।

सिन्डिकेट पक्षले एफडब्लुसिएमएस नवीकरण भएसँगै स्वत: सिन्डिकेट भित्रका मेडिकल समेतले निरन्तर सेवा दिनपर्ने जस्तो गरि भ्रम छर्न यस्तो ट्रायल गरेको बुझिएको छ । मलेसिया रोजगारको मेडिकल रोजगारदाताले गरिदिने दावी गरिएपनि यसको भार कामदारलाईनै पर्ने गरेको विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मौन छ । त्यसो त मलेसिया रोजगारको नाममा मेडिकल जति नेपाली कामदारहरुले गरेका छन् त्यसै अनुसार कुन-कुन रोजगारदाताले यसबापत सम्बन्धित मेडिकल संस्थाहरुलाई पैसा तिरेका छन् भन्ने छानबीन हुने हो भने यो बेथितिले कति नेपाली कामदार मारमा परेका रहेछन् भन्ने थाहा हुने अवस्था छ । यता नेपालका सम्बन्धित पक्ष भने यस्ता हिसावकितावमा मौन बसिदिए बापत पाइने स्वार्थमै रमाईरहेका छन् ।

२०७५ पछि मेडिकल गरेको रकम रोजगारदाताले कामदारलाई सोधभर्ना गर्नुपर्ने भनिएपनि अधिकांश कामदारले सोधभर्ना पाउदैनन् । साथै एकै कामदारको पटक-पटक मेडिकल गराएर अशुली भएको कहिँ-कतै हिसाव छैन । अझ मुख्य बेथिति के छ भने सिन्डिकेट भित्र काम गर्दा प्रति कामदारबाट नौ हजार ८०० उठाईए पनि करिव तीन हजार ३०० मलेसिया पठाउन भन्दै कटौती हुन्छ भने तीन हजार सेटिङमा खर्च हुने भन्दै उठाइन्छ । बाँकी तीन हजार ५०० मात्र व्यवसायी पाउने गरेका छन् ।  सेटिङको लागि भन्दै लगिने तीन हजारले बेथिति चुपचाप हेरेर मौन बस्ने निकायदेखि सम्बन्धितहरुलाई बाडिने गरिएको आरोप छ ।

पछिल्लो समय मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट एसडिएन बिएचडिबिचको एग्रीमेन्ट गत मे महिनामै सकिएपछी उक्त सम्झौता पुन: नविकरण भएको छैन । सिन्डिकेट पक्षले पटक-पटक सम्झौता नवीकरणको प्रयास गरेपनि सफल भएको छैन । पुन: सिन्डिकेटको सफलता नमिलेपछि मलेसिया देखि श्रम मन्त्रालय धाउने, मिडिया ट्रायल गर्ने क्रम बढेको बताइएको छ ।

मलेसिया स्थित बेस्टिनेट एसडिएन बिएचडिसँगको सम्झौता तोडिएसंगै मलेसिया रोजगारमा जुनकुनै वैदेशिक रोजगारको मेडिकलको लागि अनुमति पाएका मेडिकल संस्थाहरुबाट मेडिकल गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै