८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी

३ पुष २०८१, बुधबार १६:४०

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरू वैदेशिक रोजगारीमा गए पनि १५ हजारले मात्र फ्री भिसा फ्री टिकट पाएको बताएका हुन् ।

उनले भने, ‘श्रम मन्त्रालयले ऐन र कानुनको आधारमा वैदेशिक रोजगारीमा जाने मानिसको श्रम स्वास्थ्य परीक्षण गर्नको निम्ति कानुनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ । तर कयौँ ठूल ठूला अस्पताले चाहिँ यसमा काम गरिरहेका छन् । भोलि बदमासी भयो भने श्रम मन्त्रालयले कसलाई कारबाही गर्ने ? मलेसियासँग नेपाल सरकारले फ्री भिसा फ्री टिकट भनेर एग्रीमेन्ट गर्‍यौँ । अहिले मलेसियामा ७ लाख नेपाली काम गरिरहेका छन् । जम्मा १५ हजार मानिस मात्र फ्री भिसा फ्री टिकटबाट लाभान्वित भएका छन् । ’

साथै उनले सबै कुरा सरकारले मात्र हेर्न नसक्ने बताए । उनले फ्री भिसा फ्री टिकटको यथार्थ निकाल्नुपर्ने बताए ।‘यसको हामीले यथार्थ निकाल्नुपर्छ । सबै सरकारले हेर्न सक्दैन तर यसमा कुनै कुरा रोजगार दाताले हेर्नुपर्छ भने कुनै श्रमिक आफैंले पनि तिरेर जानुपर्छ ।’ उनले भने ।

उनले संसार भरिकै आप्रवासी श्रमिकहरूको मृत्युको सङ्ख्या हेर्दा श्रमको लागि नभएर युद्ध लड्नको लागि गएको जस्तो देखिएको बताए । श्रमिकहरूले मृत्युवरण गर्नुपर्ने अवस्थाको बारेमा खोजी गर्न आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले यसको समाधानको लागि विभिन्न विज्ञ डाक्टरहरूबाट सुझाव सङ्कलन गरिरहेको बताए ।

उनले भने,‘संसारभरीका आप्रवासी श्रमिकहरू जो आप्रवासनको क्रममा आफ्नो ज्यान गुमाएका छन् । हाम्रो डाटामा हेर्दा पनि विगत १६ वर्षमा १४ हजार मानिसले त्यहाँबाट मृत्युवरण गरेको देखियो । हाम्रो श्रमिकहरू त्यहाँ युद्ध लड्न गएको त होइन नि श्रम गर्न गएका हुन् । तर किन त्यो अवस्था आइरहेको छ त्यो बारेमा खोजी गर्न आवश्यक छ । यसबाट हामीले कसरी बचाउन सक्छौ भनेर विज्ञ डाक्टरहरूलाई जाने बेला देखि फर्केर आउने बेला सम्म स्वास्थ्यको ट्रयाकिङ कसरी गर्ने त्यसमा लागेको छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै