भदौ ४, काठमाडौं । अब वैदेशिक रोजगारीमा जाने कामदारले कामको करार अवधि सकिएको १ वर्षपछिसम्म पनि ... थप पढ्नुहोस +"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । अब वैदेशिक रोजगारीमा जाने कामदारले कामको करार अवधि सकिएको १ वर्षपछिसम्म पनि ... थप पढ्नुहोस +"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएकाहरुलाई खुसीको खबर: करार अवधिपछि पनि सहायता दिइने

४ भाद्र २०७४, आईतवार ११:४७

भदौ ४, काठमाडौं । यस अघि बैदेशिक रोजगारीमा गएकाहरु जब करार अवधि सकिन्थ्यो तब समस्या हुन्थ्यो । करार अवधि समस्यामा परेका कामदारहरुले सरकारबाट पाउने सुबिधाबाट स्वत: बन्चित हुन्थे ।

पुरानो व्यवस्था अनुसार करार अवधि सकिएकै दिन कामदार कुनै दूर्घटनामा परेको खण्डमा सरकारले त्यसको दायित्व बहन नगर्ने स्थिति थियो तर अब भने कामदारको हितका निम्ति सहायता अवधि थपिएको छ । नयाँ नीति अनिसार विदेश गई करार अवधि सकिएका कामदारले समय सकिएको थप १ बर्ष सम्म सरकारी सहायता पाउने भएका छन् । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चालू आर्थिक वर्ष (आव) २०७४/७५ देखि यस्तो व्यवस्थाको थालनी गरेको हो । करार अवधिसम्म मात्र आर्थिक सहायता पाउँदै आएका कामदारलाई गएको साउनदेखि नै करार अवधि सकिएको एक वर्षपछिसम्म सहायता दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

त्यस्तै वैदेशिक रोजगार नियमावलीमा संशोधन गर्दै बोर्डले सहायता रकम समेत बढाईदिएको छ । वैदेशिक रोजगार (तेस्रो संशोधन) नियमावली, २०७४ अनुसार मृतक कामदारको परिवारलाई प्रदान गरिँदै आएको आर्थिक सहायता रकम ३ लाख रुपैयाँलाई वृद्धि गरेर ७ लाख रुपैयाँ पुर्याएको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यस बिषयमा घोषणा गरेपछी त्यसमा बोर्डले तदारुकता देखाएको थियो । संसोधनले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका तथा विरामी परेका कामदारका लागि शारीरिक अवस्था अनुसार सात/सात लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा गएका कामदारको परिवारको सदस्यहरु विरामी (क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर्स गरी पाँच गम्भीर रोग) लागेमा ५० हजार रुपैयाँसम्मको औषधि उपचार समेत सरकारले नै व्यहोर्ने भएको छ । जसको लागि बोर्डले चालू आर्थिक बर्षमा कुल विनियोजित बजेटको ८१ प्रतिशत अर्थात १ अर्ब २ करोड २५ रुपैयाँ अनिवार्य आर्थिक दायित्व शीर्षकमा विनियोजन समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु