भदौ ६, डडेल्धुरा । नेपालमा राम्रो सम्भावना भएका क्षेत्र मध्ये एक हो कृषि । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सक्ने हो भने नेपालमा नै रोजगारीको अवसर निर्माण गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, डडेल्धुरा । नेपालमा राम्रो सम्भावना भएका क्षेत्र मध्ये एक हो कृषि । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सक्ने हो भने नेपालमा नै रोजगारीको अवसर निर्माण गर्न"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले विदेशमा शौचालय पनि सफा गर्नु पर्छ भनेपछि…

६ भाद्र २०७४, मंगलवार १६:१५

भदौ ६, डडेल्धुरा । नेपालमा राम्रो सम्भावना भएका क्षेत्र मध्ये एक हो कृषि । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सक्ने हो भने नेपालमा नै रोजगारीको अवसर निर्माण गर्न सकिन्छ । यतिबेला देशमा दैनिक कयौ नेपाली युवाहरु रोजगारका लागी विदेशीने गरेका छन् ।

आफ्नै देशमा मेहनत गरी पसिना बगाउने हो भने विदेश  जानु नै पर्दैन थियो । तर आफ्ना  खेत जमिन लाई बाजै राखी कृषिमा नलागी युवाहरु विदेशको मरुभुमीमा तड्पिएको कयौ उदाहरण छन् । यदि आफ्नै देशमा कृषि गर्ने हो भने युवाले वार्षिक लाखौ आम्दानी गर्न सक्छन् ।

यसको बलियो उदाहरण बन्नु भएको छ, डडेल्धुरा अमरगढी नगरपालीका वडा नम्बर ३ का महेशराज बोहरा । उहाँ कृषि व्यवसायमा लागेको ३ वर्ष भयो । ५ वर्ष अघि विदेश जानको लागी पासपोर्ट बनाएका बोहराले काठमाण्डौँमा धेरै म्यानपावरहरुमा धाउनुपर्यो ।

बल्ल तल्ल एउटा म्यानपावरवाट क्लिनरका लागी विदेश जानलाई तयार भएको तर म्यानपावरले विदेशमा शौचालय पनि सफा गर्नु पर्छ भनेपछि उहाँले विदेशमा गएर शौचालयसफा गर्नु भन्दा आफ्नै माटोमा केही गर्ने अठोट गर्नुभयो ।

आफ्नै माटोमा खेतीपाति गरि जिबन गुजारा गर्ने निधो गरी घरफर्केका बोहराले त्यसपछी लगतै कृषि व्यवसाय शुरु गर्नुभयोे । उहाँले अहिले ८ रोपनी जमिन भाडामा लिएर माछापालन, कुखुरापालन र तरकारी खेति गर्दै आउनु भएको छ । कुखुरा, माछा र तरकारी विक्रि गरेर उँहाले बर्षमा  पाचँलाख सम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

उहाँले तिन रोपनी जमिनमा गोलभेडा, भेन्टा, सिमला खु्रसानी, काक्रा लगाएका तरकारी  लगाउनु भएको छ । तरकारी र कुखुरा बिक्रिका लागी बजार धाउनु परेपनी माछा विक्री गर्न आफूहरुले बजार जानु नपर्ने बोहराले बताउनुभयो । अहिले उँहाको पोखरी नजिकै माछा किन्नेको भिड लाग्ने गरेको छ ।

विदेश गएका साथीहरु भन्दा आफ्नो आम्दानी गज्जवको भएको भन्दै उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । ५ बर्ष पहिले विदेश जाने तयारी गरेका बोहरा सोचे जस्तो काम नपाईने भएपछि आफनै देशमा काम गरे मनग्ये आम्दानी हुन सकिन्छ भनि आफ्नै तिन रोपनि जमिनमा माछा पालन, कुखरा पालन र तरकारी खेति सुरु गरेर अहिले आफ्नो  घर परिवार  लगाएत अन्य युवाहरु काम दिएको बोहराले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले प्लाष्टि घर, विउँ बेर्ना तथा माछामा लाग्ने रोगहरुको बिषय जानकारी दिने लगाएतका विविध बिषयमा प्राबिधिक सहयोग गरेको र कृषि विकास बैंकले सुलभ व्याजमा क्रृण उपलब्ध गराएको उँहाले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले करेसा बारी पोखरीको नाममा बर्षेनि दुई, तीन हजार जति माछाका भुराहरु बाड्दै आएको भएपनि यो जिल्ला माछापालनका लागी नेपाल सरकारको प्राथमिकतामा नपर्ने हुँदा सरकारले बैग्लै निति ल्याउनुपर्ने आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका बाली विकास अधिकृत टेक बहादुर बिष्टले बताउनुभयो ।

साथै यस जिल्लामा व्यवसायीकरुपले पालीने माछाहरुको विस्तार, विकास र प्रचार नभएको समते उहाँले बताउनुभयो । यसरी कृर्षि लगाएतका अन्य ब्यवसायहरुलाई वैज्ञानिक तरिकाले गर्ने हो भने युवाले विदेश पलायन हुनु पर्ने अवस्था आउदैन् । त्यसैले बुझेर यो क्षेत्रमा लाग्ने हो भने सफलता अवश्य नै मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट