भदौ ६, डडेल्धुरा । नेपालमा राम्रो सम्भावना भएका क्षेत्र मध्ये एक हो कृषि । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सक्ने हो भने नेपालमा नै रोजगारीको अवसर निर्माण गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, डडेल्धुरा । नेपालमा राम्रो सम्भावना भएका क्षेत्र मध्ये एक हो कृषि । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सक्ने हो भने नेपालमा नै रोजगारीको अवसर निर्माण गर्न"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले विदेशमा शौचालय पनि सफा गर्नु पर्छ भनेपछि…

२०७४, ६ भाद्र मंगलवार १६:१५

भदौ ६, डडेल्धुरा । नेपालमा राम्रो सम्भावना भएका क्षेत्र मध्ये एक हो कृषि । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सक्ने हो भने नेपालमा नै रोजगारीको अवसर निर्माण गर्न सकिन्छ । यतिबेला देशमा दैनिक कयौ नेपाली युवाहरु रोजगारका लागी विदेशीने गरेका छन् ।

आफ्नै देशमा मेहनत गरी पसिना बगाउने हो भने विदेश  जानु नै पर्दैन थियो । तर आफ्ना  खेत जमिन लाई बाजै राखी कृषिमा नलागी युवाहरु विदेशको मरुभुमीमा तड्पिएको कयौ उदाहरण छन् । यदि आफ्नै देशमा कृषि गर्ने हो भने युवाले वार्षिक लाखौ आम्दानी गर्न सक्छन् ।

यसको बलियो उदाहरण बन्नु भएको छ, डडेल्धुरा अमरगढी नगरपालीका वडा नम्बर ३ का महेशराज बोहरा । उहाँ कृषि व्यवसायमा लागेको ३ वर्ष भयो । ५ वर्ष अघि विदेश जानको लागी पासपोर्ट बनाएका बोहराले काठमाण्डौँमा धेरै म्यानपावरहरुमा धाउनुपर्यो ।

बल्ल तल्ल एउटा म्यानपावरवाट क्लिनरका लागी विदेश जानलाई तयार भएको तर म्यानपावरले विदेशमा शौचालय पनि सफा गर्नु पर्छ भनेपछि उहाँले विदेशमा गएर शौचालयसफा गर्नु भन्दा आफ्नै माटोमा केही गर्ने अठोट गर्नुभयो ।

आफ्नै माटोमा खेतीपाति गरि जिबन गुजारा गर्ने निधो गरी घरफर्केका बोहराले त्यसपछी लगतै कृषि व्यवसाय शुरु गर्नुभयोे । उहाँले अहिले ८ रोपनी जमिन भाडामा लिएर माछापालन, कुखुरापालन र तरकारी खेति गर्दै आउनु भएको छ । कुखुरा, माछा र तरकारी विक्रि गरेर उँहाले बर्षमा  पाचँलाख सम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

उहाँले तिन रोपनी जमिनमा गोलभेडा, भेन्टा, सिमला खु्रसानी, काक्रा लगाएका तरकारी  लगाउनु भएको छ । तरकारी र कुखुरा बिक्रिका लागी बजार धाउनु परेपनी माछा विक्री गर्न आफूहरुले बजार जानु नपर्ने बोहराले बताउनुभयो । अहिले उँहाको पोखरी नजिकै माछा किन्नेको भिड लाग्ने गरेको छ ।

विदेश गएका साथीहरु भन्दा आफ्नो आम्दानी गज्जवको भएको भन्दै उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । ५ बर्ष पहिले विदेश जाने तयारी गरेका बोहरा सोचे जस्तो काम नपाईने भएपछि आफनै देशमा काम गरे मनग्ये आम्दानी हुन सकिन्छ भनि आफ्नै तिन रोपनि जमिनमा माछा पालन, कुखरा पालन र तरकारी खेति सुरु गरेर अहिले आफ्नो  घर परिवार  लगाएत अन्य युवाहरु काम दिएको बोहराले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले प्लाष्टि घर, विउँ बेर्ना तथा माछामा लाग्ने रोगहरुको बिषय जानकारी दिने लगाएतका विविध बिषयमा प्राबिधिक सहयोग गरेको र कृषि विकास बैंकले सुलभ व्याजमा क्रृण उपलब्ध गराएको उँहाले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले करेसा बारी पोखरीको नाममा बर्षेनि दुई, तीन हजार जति माछाका भुराहरु बाड्दै आएको भएपनि यो जिल्ला माछापालनका लागी नेपाल सरकारको प्राथमिकतामा नपर्ने हुँदा सरकारले बैग्लै निति ल्याउनुपर्ने आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका बाली विकास अधिकृत टेक बहादुर बिष्टले बताउनुभयो ।

साथै यस जिल्लामा व्यवसायीकरुपले पालीने माछाहरुको विस्तार, विकास र प्रचार नभएको समते उहाँले बताउनुभयो । यसरी कृर्षि लगाएतका अन्य ब्यवसायहरुलाई वैज्ञानिक तरिकाले गर्ने हो भने युवाले विदेश पलायन हुनु पर्ने अवस्था आउदैन् । त्यसैले बुझेर यो क्षेत्रमा लाग्ने हो भने सफलता अवश्य नै मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला